© २०२३
कपिलवस्तु, २७ जेठ ।
नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशको आयोजनामा कपिलवस्तुमा संघको लुम्बिनी सन्देश २०८२ नामक प्रचार सामग्री विमोचन तथा सल्लाहकारहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी सन्देश २०८२ को विमोचनसँगै कार्यक्रममा केन्द्रीय महासचिव सुनिता उलक, केन्द्रीय सल्लाहकार दामोदर शर्मा, प्रदेश सल्लाहकारहरू इश्वरी पौडेल र विजयराज सुवेदीलाई सम्मान गरिएको थियो । कार्यक्रममा केन्द्रीय महासचिव सुनिता उलकले लुम्बिनी वन प्राविधिक संघको क्रियाशिलतालाई धन्यवाद दिदै वन क्षेत्रका मुद्दामा एक हुने बताइन् ।
नेपाल वन प्राविधिक संघ लुम्बिनी प्रदेशका सल्लाहकार विजयराज सुवेदीले संघको नेतृत्वलाई पेशागत एकता र हकहितमा एक भएर लाग्न सुझाव दिए । नेपाल वन प्राविधिक संघ साझा संस्थाका रूपमा रहनुपर्नेमा उनले जोड् दिए । अर्का सल्लाहकार इश्वरी पौडेलले वन व्यवस्थापनमा सबै एक ढिक्का हुनुपर्ने बताए ।
लुम्बिनी वन प्राविधिक संघका अध्यक्ष केशव खड्काले आफ्नो कार्यकालमा संस्था क्रियाशील र साझा संस्थाको रुपमा अगाडि बढाउने जनाए । संस्थाको दरिलो उपस्थिति प्रदेशमा कायम गर्ने उनको भनाई थियो । संस्थाले विविध कार्यक्रमको योजना बनाएको भन्दै लुम्बिनी वन प्राविधिकको पेशागत दक्षता र मर्यादाका लागि अहोरात्र खटिने उनले प्रतिवद्धता जनाए ।
संघले बिगतमा क्यान्सर पीडित वन प्राविधिकका लागि सहयोग अभियान, लुम्बिनी प्रदेशको नीति कार्यक्रममा सुझाव पेश तथा वन मन्त्रीसंग विशेष अन्तक्र्रिया लगायतका कार्यहरू गरेको कार्यक्रममा जनाइएको थियो ।