ट्रेंडिंग:

>> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप 

किसानलाई कफीको  बिरुवा पाउनै मुस्किल

मुसिकोट नगरपालिका–५ अन्तर्गत आँपचौरमा रहेको कफी विकास केन्द्र नेपाल सरकारको सङ्घीय बागवानी तथा राष्ट्रिय बीउ बेर्नाको श्रोत केन्द्र पनि हो । तत्कालीन राजा वीरेन्द्रले बि.सं. २०४१ सालमा कफी विकास केन्द्र स्थापना गरेसँगै गुल्मीमा व्यावसायिक रूपमा कफी खेती गर्न थालिएको हो ।
२६ जेष्ठ २०८२, सोमबार
२६ जेष्ठ २०८२, सोमबार

गुल्मी, २६ जेठ ।

नेपालमा कफीको जननी जिल्ला गुल्मीको आँपचौरमा यति बेला कफीका बिरुवाको माग धेरै छ । तर कफी विकास कार्यालयले भने माग अनुसार कृषकहरूलाई बिरुवा उपलब्ध गराउन सकेको छैन । मुसिकोट नगरपालिका –५ स्थित कफी विकास केन्द्र आँपचौरमा यस पटक कृषकहरूले दुई लाख कफीका बिरुवाको माग गरेका छन् । कफी कृषकहरूले यति धेरै बिरुवाको माग गरे पनि केन्द्रमा यस पटक ७० हजार मात्र बिरुवा उत्पादन भएको कफी विकास केन्द्र आँपचौरका प्रमुख जीवन आचार्यले बताए ।

आँपचौरमा स्थापना भएको कफी विकास केन्द्रले कफीका बिरुवा उत्पादन गर्नुका साथै बिक्री वितरण समेत गर्दै आएको छ । यहाँ उत्पादित बिरुवा राम्रो गुणस्तरको हुने भएका कारण गुल्मी सहित अर्घाखाँची, कास्की, स्याङ्जा, लमजुङ, धादिङ, लगायत ४० भन्दा बढी जिल्लाहरूबाट कफीका बिरुवाको माग हुँदै आएको छ ।

बिरुवाको माग धेरै भए पनि आवश्यक स्रोत र जनशक्तिको अभावका कारण माग अनुसार केन्द्रले बिरुवा उत्पादन गर्न सकिरहेको अवस्था छैन । मुसिकोट नगरपालिका–५ अन्तरगत आँपचौरमा रहेको कफी विकास केन्द्र नेपाल सरकारको सङ्घीय बागवानी तथा राष्ट्रिय बीउ बेर्नाको श्रोत केन्द्र पनि हो । तत्कालीन राजा वीरेन्द्रले विक्रम संम्बत २०४१ सालमा कफी विकास केन्द्र स्थापना गरेसँगै गुल्मीमा व्यावसायिक रूपमा कफी खेती गर्न थालिएको हो ।

कफी विकास केन्द्रमा उत्पादन गरिएको प्रति बिरुवा अहिले ४० रुपैयाँमा बिक्री हुँदै आएको छ । कफी विकास केन्द्रले बगैँचा व्यवस्थापन, बिरुवा उमार्ने, टिप्ने र प्रशोधन लगायतका कामका लागि सिजन अनुसार ४० देखि ५० जनासम्मले अस्थायी रूपमा रोजगारी पाउँदै आएका छन् । केन्द्रमा कफी पल्पिङ मेसिन, कफी हलर मेसिन, कफी ड्रयार, रोस्टर मेसिन र कफी स्प्रे सो मेसिन समेत उपलब्ध छ ।

केन्द्रले आपचौरमै १८४ रोपनी जग्गा खरिद गरेर करिब १२ हजार कफीका बिरुवा रोपण गरेको छ । कफीको जननी आँपचौरमा कफी बगैँचा बिस्तार गर्ने उद्देश्यले अहिले छ वटा नर्सरीमा करिब ६० हजार कफीका बिरुवा रोपण गरिएको कार्यालय प्रमुख आचार्यले बताए । पछिल्लो समयमा कफीको लागि सेतो गँबारो कृषकहरूका लागि मुख्य समस्या र चुनौतीको विषय बनेको छ । सेतो गँबारोका कारण जिल्लामा १५ प्रतिशत कफीका बोटहरू नष्ट हुने अवस्थामा रहेका छन् ।

जिल्लामा कफी खेतीमा कृषकहरूको आकर्षण बढे पनि समय समयमा कफीमा देखिने सेतो गँबारो, ढुसी, डढुवा आदिका कारण कफीका बोटहरूमा क्षति पुग्ने गरेको छ । गुल्मीमा अहिले करिब तीन सय हेक्टर क्षेत्रफलमा कफी खेती गरिदैं आएको छ । गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुषन्धान केन्द्र भण्डारीडाँडा लगायत स्थानीय तहले समेत कफी खेतीको क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?