ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

अब तालिम उपादेयताको खोजी गरौँ 

२५ जेष्ठ २०८२, आइतबार
२५ जेष्ठ २०८२, आइतबार

पछिल्लो समय स्वरोजगारका नाममा तालिम, गोष्ठी, प्रशिक्षण र अनुशिक्षणको बाढी आएको छ । खास गरी महिलाहरूलाई तालिम दिएर रोजगारीमा जोड्ने भन्दै पालिकाहरूले विभिन्न तालिम र प्रशिक्षण आयोजना गरिरहेका छन् । तालिममार्फत महिलाहरू रोजगारीमा जोडिनु अत्यन्त सकारात्मक र प्रभावकारी हो तर तालिमको दुरुपयोग हुने गरेको गुनासो सर्वत्र सुनिनु राम्रो होइन । एउटै महिलाले मादल बजाउने तालिमदेखि ब्यूटिसियनको तालिमसम्म लिन भ्याएका छन् । सोर्सफोर्स र भनसुन प्रवृत्तिमार्फत एउटैलाई दश थरी तालिममा जोड्ने काम भइरहेको छ । कुन तालिम कस्तो महिलालाई आवश्यक छ भन्ने कुराको हेक्का नराखी गरिने तालिमले उपादेयता दिन सक्दैन । तसर्थ तामिल गर्नुअघि तालिमबाट फाइदा लिन सक्ने, रोजगारीमा जोडिने क्षेत्र हेरेर तालिम आयोजना गर्नु श्रेयष्कर हुन्छ ।

तालिम लिनकै लागि भन्दा पनि तालिमबाट व्यक्ति, समाज र देशलाई के फाइदा भयो ? भन्ने हेक्का राख्नु पनि उत्तिकै जरुरी छ । अहिले पालिकाहरूले आ–आफ्नो क्षेत्रभित्रका बेरोजगार युवा युवतीलाई स्वरोजगार बनाउने भन्दै तालिमको अभियान नै चलाएका छन् । खास गरी रोजगारी तथा आयआर्जनमा महत्त्वपूर्ण हुने ती तालिमले रोजगारीको अवसर बढाउने अपेक्षा गर्नु स्वाभाविक हो । मादल बजाउने तालिमदेखि व्युटिसियन, डल बनाउने तालिम, वेटर वेट्रेस तालिम, धूप बनाउने, अगरबत्ती बनाउने, बत्ती कात्ने लगायत विभिन्न थरी तालिममार्फत महिला तथा पुरुषलाई रोजगारीमा जोड्नु महत्त्वपूर्ण कुरा हो तर तालिम आयोजना हुन्जेल भाग लिने र तालिम सकिएपछि त्यसको सदुपयोग नगर्ने प्रवृत्ति बढ्दो छ । तसर्थ कुन तालिम कसका लागि उपयोगी हुन सक्छ भन्ने कुराको हेक्का राख्नु जरुरी छ ।

अर्को कुरा एउटै व्यक्ति पहुँचका आधारमा पालिकामा हुने सबै तालिममा सहभागी हुने गरेको प्रशस्त उदाहरण छ । यो प्रवृत्ति रोक्नु जरुरी छ । तालिममा गएपछि खाना नास्तासँगै भत्ता पनि पाइन्छ भन्ने लोभमा कुनै पनि अवस्थामा तालिम नछोड्ने प्रवृत्ति छ । यो प्रवृत्तिले तालिममा सहभागी हुनेको पहिचान गरी निषेध गर्नु जरुरी छ । एउटा तालिम लिएपछि अर्को तालिममा पनि सहभागी हुनुपर्ने प्रवृत्ति निरुत्साहित गरौँ । पालिकाहरूदेखि विभिन्न सङ्घ संस्थाले पनि तालिम आयोजना गर्दै आएका छन् । अहिले अधिकांश पालिकाहरूले एक सातादेखि तीन महिनाको तालिम दिने गरेका छन् । तालिम कत्तिको उपलब्धिमूलक हुन्छ, त्यो भने भविष्यले नै देखाउँछ ।

विशेष गरी स्थानीय तहमा रहेका बेरोजगार युवालाई स्वरोजगार बनाउन तालिम सञ्चालन गर्नु स्वागतयोग्य कुरा हो । त्यसैले सामान्य पढेलेखेकालाई समेत तालिममा सहभागी गराउँदा सीपपछि रोजगारी पाउन सहज हुन्छ । स्थानीय निकायको सहयोगमा तालिमको विषय र प्रशिक्षार्थी छनौट गरिने कुरा पनि उपयोगी नै छ । उता प्रदेश सरकारलाई बलियो बनाउन र त्यहाँ उत्पादन भएका युवालाई आफ्नै प्रदेशमा रोजगारीको व्यवस्था गर्न तालिमले सहयोगी भूमिका निर्वाह गर्ने कुरा निश्चित छ । स्वरोजगार तालिमको योजना कुनै एक पालिका र क्षेत्रभित्र भन्दा पनि ७५३ वटै पालिकाहरूमा दिनु अहिलेको आवश्यकता हो । किनभने सीप नभएकै कारण कतिपय युवाहरूले रोजगारीको अवसर पाएका छैनन् । तसर्थ उमेर पुगेका महिला पुरुष सबैलाई रोजगारीमा जोड्न तालिम दिनु जरुरी छ ।

तालिम लिइसकेपछि उनीहरूले आफ्नै साधन–स्रोतबाट स्वरोजगार बन्न सक्ने अवस्था पनि आउन सक्छ । तालिमपछि उनीहरूले हात बाँधेर बस्नुप¥यो भने सरकारले ठुलो रकम खर्च गरेर दिएको तालिमको के औचित्य ? त्यसैले तालिम दिएर मात्र हुँदैन, त्यसपछि पनि उनीहरूलाई साधन–स्रोत जुटाइदिने र उनीहरूबाट उत्पादित सामानको बजार व्यवस्था सरकारले गरिदिनुपर्छ । ती अभ्यास सफलता उन्मुख भए देश आत्मनिर्भर बन्न सहयोग पुग्छ । अतः तालिमलाई फलदायी बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । तालिम दिएर औपचारिकता पूरा गरिएको अर्थमा मात्रै होइन, तालिमबाट कतिलाई रोजगारीमा जोड्न सफलता प्राप्त भयो भन्ने कुराको अनुगमन जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?