ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

मेघा राईनोजलाई उपाधि

२४ जेष्ठ २०८२, शनिबार
२४ जेष्ठ २०८२, शनिबार

बुटवल, २४ जेठ । बुटवलमा सम्पन्न ‘देवीनगर क्रिकेट प्रिमियर लिग २०८२’ को उपाधि मेघा राईनोजले चुमेको छ । शनिबार भएको खेलमा राईनोजले जेके वरियर्सलाई २५ रनले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै राईनोज नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता जेआर भने नगद ३० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।

लायन्स क्लब अफ बुटवल इलाईटको सहयोगमा देवीनगर क्रिकेट क्लबको आयोजनामा देविनगरस्थित मैदानमा भएको खेलमा जेकेले टस जितेर मेघा राईनोजलाई ब्याटिङको निम्तो दिएपछि निर्धारित १५ ओभरमा ५ बिकेटको नोक्सानीमा ९७ रनको योगफल तयार गरेको थियो । राईजनोजका निर्मल ज्ञवालीले ३० तथा अंगत बश्यालले २५ रन जोडे ।
जेकेका निरज बिष्टले २ तथा जनक न्यौपाने र कमल रायमाझीले समान १–१ बिकेट लिए । ९८ रनको मध्यम लक्ष्य पछ्याएको जेके ७२ रनमा समेटियो । जेकेका कमल रायमाझीले १८ तथा अरुण गौतमले २२ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो अंकको रन बनाउन सकेनन । कम स्कोरमा रोक्न राईनोजका सुवास ज्ञबालीले ३ तथा सन्जय बराल, संगम अधिकारी र बालकृष्णले समान २–२ विकेट लिए ।

मेघाका सुवास ज्ञवाली म्यान अफ दी म्याच, टुर्नामेन्टको एमभिपी मेगा राईनोजका अङ्गत बस्यालले हात पारे । मेघाकै जनक न्यौपाने उत्कृष्ट बलर, प्रिन्ट हबका किगका जगत क्षेत्री उत्कृष्ट ब्याट्सम्यान तथा रोयल सिद्धार्थका महेश श्रेष्ठ उत्कृष्ट क्याच अफ दी टुर्नामेन्टबाट पुरस्कृत भए ।

एक कार्यक्रमका बिच सुशिल ज्ञवाली एण्ड एशोसियटका सिए सुशिल ज्ञवाली, लायन्स क्लब अफ बुटवल इलिटका अध्यक्ष अरुण ज्ञवाली, क्लबका अध्यक्ष तारा पाण्डेले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । विभिन्न संघसंस्थाहरुको सहयोगमा अक्सन प्रणालीमार्फत संचालन भएको क्रिकेट लिग प्रतियोगिता आयोजना गरेको क्लबका सचिव निर्मल ज्ञवालीले बताए । एक महिनासम्म सञ्चालन भएको प्रतियोगितामा जेके वारियर्स, रोयल सिद्धार्थ, मेगा राइनोज, र प्रिन्ट हब किङ्स चार टिम रहेको खेल संयोजक अनिल पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?