© २०२३
सानै थिएँ, हिँड्न सक्दिनथेँ,
तँ मेरो झोला बोकी, म खाली हात ।
जङ्गलको बाटो, डर लाग्दो थियो,
बाँदरले लखेटेको त्यो दिन अझै सम्झन्छु ।
“भोलिदेखि लैजान्न !“ भनेकी थिइस्,
तर बिहान फेरि ढोका अगाडि उभिएकी थिइस् ।
मुस्काउँदै हेर्ने त्यो अनुहार —
त्यही थियो नि साँचो साथ ।
बिन्ता, तँ थिइस् मेरो बल,
बिना भने पनि बुझ्ने मान्छे ।
तँ बिना त्यो बाटो पार हुन्थ्यो,
आज पनि तैँले बोकेको झोला सम्झन्छु ।
याद जसरी बालापन नि फर्किए त हुन्थ्यो ।
अरूसँग होइन मलाई त सँगै त्यो झोला बोकी स्कुल जान पाए त हुन्थ्यो ।
–बुटवल–१५ रुपन्देही ।