ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

लुम्बिनी प्रदेशमा फ्रि मिडिया नेटवर्क गठन

२४ जेष्ठ २०८२, शनिबार
२४ जेष्ठ २०८२, शनिबार
दाङ,२३ जेठ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पहरेदारी गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा फ्रि मिडिया नेटवर्क गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्तरगर्त  लुम्बिनी प्रदेशका सम्बद्ध सरोकारवाला पक्षहरुलाई समेटेर प्रदेश स्तरीय फ्रि मिडिया नेटवर्क गठन गरिएको हो । नेटवर्कको संयोजकमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष शुक्रऋषि चौलागाई रहेका छन् । नेटवर्कको सदस्य सचिवको रुपमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव पाण्डव शर्मा रहेका छन् । नेटवर्कको सदस्यमा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, लुम्बिनी प्रदेश सरकार सञ्चार समन्वय परिषद्का अध्यक्ष मिलन गाहा, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख हरी ज्ञवाली, लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयका उप–सचिव रामप्रसाद भट्टराई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत धनबहादुर थापा, प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष शोभाकार पन्थी र प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप वाग्ले रहेका छन् ।
त्यसैगरी नेटवर्कको सदस्यहरुमा उच्च अदालत वार एशोयिसन नेपालगञ्ज (तुल्सिपुर इजलास)का अध्यक्ष चित्रबहादुर शाही, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद भट्टराई, चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोख्रेल, सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृत अनमोल, डब्लुडब्लुजे लुम्बिनी प्रदेश उपाध्यक्ष भगवति पाण्डे, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक नवराज पोखरेल, सम्बाद समूह लुम्बिनीका वरिष्ठ सहजकर्ता सुशिल बस्नेत, गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशीला बेल्बासे र मानवअधिकार सञ्जालका विनोद केसी रहेका छन् । सम्वाद कार्यक्रम तथा फ्रि मिडिया नेटवर्क गठन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय  उपाध्यक्ष नितु पण्डितले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रा पत्रकारको मात्र सवाल नभएर राज्यका सबै अंग र नागरिक समाजको एजेण्डा हुनुपर्ने बताइन् ।
युरोपियन युनियनका सिनियर प्रोग्राम म्यानेजर शिव भण्डारीले नेटवर्कले सबै पक्षसँग सम्बाद एवम् सहकार्य गरेर आफ्ना कामहरु गर्ने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले लोकतन्त्रमा मात्रै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्भव भएको उल्लेख गर्दै प्रतिगामी चलखेलहरुलाई रोक्न सबै लाग्नुपर्ने आवश्यकता औंल्याए । अर्का सचिव वैकुण्ठराज पराजुलीले सबै प्रदेश र जिल्लामा फ्रि मिडिया नेटवर्क गठन गरिने जानकारी दिए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईं, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु रामराज पोख्रेल, विकास बञ्जाडे र लिला शाहले मन्तब्य व्यक्त गरेका थिए ।
फ्रि मिडिया नेटवर्कको अवधारणका बारेमा नेपाल पत्रकार महासंघका कार्यक्रम संयोजक गिरिराज अधिकारीले प्रकाश पारेका थिए । प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले प्रदेशको समग्र पत्रकारिताको विषयमा प्रस्तुति प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?