© २०२३
बाँके, २३ जेठ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ मा आज देखि निस्सा वितरण सुरु गरेको छ । पालिकाले वडा नम्बर ८ को ढकेरीमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण सुरु गरेको हो ।
निस्सा प्राप्त गरेपछि राप्ती सोनारी गाँउपालिका वडा नम्बर ९ ढकेरीमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले अब चाँडै लालपुर्जा पाउने भएको देखिन्छ । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले विभिन्न कागजपत्र र तीन पुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका वडााबासीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने र निस्सा पाएका वाडबासीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँप जाँच गर्ने प्रक्रिया अगाडि बढेपछि छिट्टै लालपुर्जा वितरण हुने बताए ।
वडा नम्बर ९ का अध्यक्ष सोहनलाल थारूले वडामा लामो समयसम्म जग्गा नपाएका ढकेरीका सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताउदै बताए । वाडले लालपुर्जा प्राप्तीका लागि आवश्यक कार्य गर्न सहजीकरण गर्ने अध्यक्ष थारुले बताए । उनले लामो समय उपभोग गर्दै आएको जग्गाको स्वामित्व पाउने गरी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई आफ्नो सचेत रहन समेत आग्रह गरे ।
निस्साको लगत सङ्कलनको कार्यक्रममा भूमि आयोग बाँकेका अध्यक्ष घननाथ खनाल, विभिन्न दलका प्रतिनिधि, जन प्रतिनिधि तथा नाप जाँच कालागि कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।