ट्रेंडिंग:

>> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी

पञ्चेबाजा बजाउँदै संस्कार जगेर्ना 

२३ जेष्ठ २०८२, शुक्रबार
२३ जेष्ठ २०८२, शुक्रबार

सल्यान, २३ जेठ ।

गत आइतबार जिल्लाको शारदा नगरपालिका वडा नं, १३ स्यानीखाल अत्तरकाँडामा एक भवन उद्घाटन कार्यक्रममा जनजाति मगर समूहको पञ्चेबाजा मुख्य आकर्षणको रूपमा थियो । मगर भेष भूषामा सजिएका छत्रेश्वरी गाउँपालिका, ५ को गेमी पञ्चेबाजा समूहका सदस्यहरूले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीको टिम सहित आफ्नो प्रस्तुति राखे । यस्तै केही समय अघि यो पञ्चेबाजा समूह जिल्लाको बागचौर नगरपालिकाको विवाहमा पनि पुगेर पञ्चेबाजाको मिठो धुन प्रस्तुत गरेको थियो ।

गेमी पञ्चेबाजा समूहले मगर समुदायको सांस्कृतिक चेतना र पहिचान अभिवृद्धिका लागि प्रयास थालेको हो । बाजा बजाउने मात्र नभएर मगर संस्कार, संस्कृति र भाषाको संरक्षण र विस्तारका लागि कोसिस गरिएको स्थानीय लोक बहादुर बुढा मगर बताउँछन् । “मगर भाषामा गेमीको अर्थ हामी सबैको भन्ने हुन्छ । हामी सबै मिलेर पञ्चेबाजा बजाउने, नयाँ पुस्तालाई समेत सिकाउने र मगर समुदायको पहिचानका लागि पनि काम गरिरहेका छौँ”, उनले भने ।

गाउँघरमा विवाह, पूजाआजा लगायत परम्परागत कार्यहरूमा बाजागाजा उपलब्ध नहुँदा समस्या हुने गरेपछि आफूहरूमा पञ्चेबाजा सिक्ने र संरक्षण गर्नुपर्छ भन्ने सोच आएको उनको भनाई छ । बाहिरबाट बाजाको टिम बोलाउँदा समय, खर्च र व्यवस्थापन सबैमा अप्ठेरो पर्ने भएपछि करिब दुई वर्ष अघिबाट पञ्चेबाजालाई व्यवस्थित गरेर अघि बढ्ने प्रयास गरिएको लोक बहादुरले जनाए ।

अहिले समूहको अगुवाइ स्थानीय डिल्ली बहादुर बुढा मगरले गरिरहेका छन् । समूहलाई अब आधिकारिक रूपमा दर्ता गरी अगाडि बढाउने तयारी छ । यसका लागि लोक बहादुर बुढा मगर लगायतका अन्य सदस्यहरूले सक्रियता देखाइरहेका छन् । पछिल्लो समय लोप हुँदै गइरहेको पञ्चेबाजा संरक्षण सँगै जनजाति, मगर समुदायको भाषा र संस्कार जोगाउनका लागि छत्रेश्वरी, ५ का ५२ वर्षीय पूर्ण बहादुर बुढा मगर जस्ता अग्रजहरू लागिपरेका छन् ।

यो समुदायका केही व्यक्तिहरूले मगर भाषा सिक्ने अभ्यास पनि सुरु गरेका छन् । भाषा सिक्ने र संस्कार बुझ्न तथा पञ्चेबाजा बजाउनका लागि नयाँ पुस्ता एवं महिलाहरूको पनि चासो बढेको गेमी पञ्चेबाजा समूहले जनाएको छ ।
समूहसँग अहिले पाँच वटा दमाहा, दुई वटा ट्याम्की, ,सनई दुई वटा, र झ्याली दुई वटा रहेका छन् । यी बाजाहरू पनि केही उधारोमा किनेर ल्याइएको लोक बहादुरले बताए । “मुरली, हारमोनियम जस्ता अन्य बाजा थप्ने तयारी भइरहेको छ । तर रकम अभावले समस्या हुने गरेको छ,” उनले भने ।

आफ्नो समुदायका संस्कार, संस्कृति र पहिचानका लागि समूह निर्माण गरी छत्रेश्वरी, ५ का स्थानीयहरूले थालेको प्रयास सराहनीय रहेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले मौलिक र परम्परागत संस्कृति जगेर्नामा ध्यान दिइने बताए । उनी भन्छन्, “पछिल्लो समय हाम्रो मौलिकता हराउँदै गएको देखिन्छ, यस्तो अवस्थामा रैथाने बाजा र बाजा बजाउने सीपको संरक्षण तथा हरेक समुदायले आफ्नो भाषा, भेष भूषा, संस्कार र पहिचानलाई जीवित राख्न जरुरी छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?