ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

विश्व वातावरण दिवसको अवसरमा सामुदायिक सरसफाइ अभियान

२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

बाँके, २२ जेठ ।

विश्व वातावरण दिवस ५ जुन २०२५ को अवरमा नेपालगन्जमा वृहत् सामुदायिक सरसफाइ अभियान गरिएको छ । द कोकाकोला फाण्डेसनको आर्थिक सहयोगमा सञ्चालितग्रीन नेपालगन्ज: सामुदायिक फोहोर रूपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजना, स्वच्छ सफा नेपालको प्राविधिक सहयोग तथा नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को मनिहारन टोलमा सरसफाइ अभियान सम्पन्न भएको हो ।

गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहोरलाई वर्गीकरण गरी पुन प्रयोगमा ल्याउन सकिने फोहरलाई पुन प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले बताएका छन् ।

सरसफाइ अभियानमा बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवकहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालगन्ज उप—महानगरपालिकाका सरसफाइ कर्मीहरू, स्थानीय सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का जनप्रतिनिधिहरू, स्थानीय नागरिकहरूको सामूहिक सहभागिता रहेको थियो । अभियानमा जुटेका सम्पूर्ण महानुभावहरूलाई बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत गरेका थिए भने नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठले सरसफाइ अभियानको शुभारम्भ गरेका थिए ।

४५ जना सरसफाइ अभियानकर्ताहरूको सहभागितामा सम्पन्न भएको कार्यक्रमबाट प्लास्टिक बोतलहरू २.३ किलोग्राम, प्लास्टिकका झोला तथा पोलेथिनहरु ६३.४४ किलोग्राम, सिसा तथा काँचका टुक्रा र बोतलहरू २८.३ किलोग्राम, कागज जन्य पदार्थ १३.८५ किलोग्राम, मिसावट भएको फोहोर १४९.७३ किलोग्राम गरी जम्मा २५७.३५ किलोग्राम फोहोर सङ्कलन गरिएको छ ।

सङ्कलन गरी वर्गीकरण गरिएको फोहोर मध्ये प्रशोधन गरी पुन प्रयोगमा ल्याउन सकिने फोहोरलाई बास नेपालले सुरक्षित साथ राखेको छ भने प्रशोधन गर्न नसकिने फोहोरलाई नेपालगन्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापन केन्द्रमा लिएको बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताए ।

फोहोर व्यवस्थापन तथा सरसफाइको मुख्य उद्देश्य बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले जानकारी गराएको थिए भने फोहोरको प्राविधिक वर्गीकरणको विषयमा स्वच्छ सफा नेपालका सञ्चार अधिकृत सुशासन श्रेष्ठले जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?