ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

शिवराज मकै खेती: प्रविधिको अनुदानले उत्पादनमा वृद्धि

२२ जेष्ठ २०८२, बिहीबार
२२ जेष्ठ २०८२, बिहीबार

चन्द्रौटा, २२ जेठ ।

कपिलवस्तुको शिवराज नगरपालिका–३, नयाँ बस्तीका अर्णलाल उपाध्याय शनिबार निकै उत्साहित देखिन्थे । उनको उत्साहको कारण थियो, हातको कृषि औजार । मकै किसान रहेका उपाध्याय पुश्रो सिडर (मकै छर्ने मेशिन) प्राप्त गरेपछि निकै खुसी देखिन्थे । खुसी व्यक्त गर्दै उनले भने-“विगत ७ वर्षदेखि मकै खेती गर्दै आएको थिएँ । पुरानो प्रविधिबाट मकै खेती गर्दै आएको थियौँ, त्यसबाट उत्पादन कम हुने, मल छर्न असुविधा हुन्थ्यो । भाडा ल्याएर काम गर्दा खर्चिलो समेत हुने गर्दथ्यो ।”

किसान उपाध्यायले थपे-“मेशिनले काम गर्दा सहज र उत्पादनमा वृद्धि भयो, अहिले नगरपालिकाबाट अनुदानमा आफै उपकरण पाउँदा खुसी लागेको छ । अब यो मेशिनले मकै खेतीयोग्य क्षेत्रफल र उत्पादन दुबैमा वृद्धि हुन्छ । हाम्रो समय र श्रमको बचत हुन्छ । उत्पादन पनि राम्रो हुने आशा छ ।”

शिवराज नगरपालिकाका मकै खेतीका किसानहरू कृषि उपकरण पाएपछि उत्साहित भएका छन् । मकै पोकेट क्षेत्रको रूपमा चिनिएको भए पनि विकास हुन सकेको थिएन । मकै प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाको ५० प्रतिशत अनुदानमा वडा नम्बर १, ३ र ११ किसानहरू उपकरण पाएपछि उत्साहित भएका हुन् । पालिकाको अनुदानमा कृषि उपकरण पाएर दर्जनौँ किसानहरू हर्षित छन् ।

यस्तै वडा नम्बर–११, सेमरीका अर्का किसान जगनारायण यादवले २ कट्ठामा मकै खेती गर्दै आएको बताए । यो सिजनमा ४ कट्ठामा गरेको मकै खेतीबाट मात्र ३८ हजारको आम्दानी गरेको उनले बताए । उनी नगरपालिकाको अनुदानबाट डेलिभरी पाइप र डिजिटल ब्यालेन्स (तराजु) पाउँदा हर्ष व्यक्त गरे । उनले भने- “विगतमा मकै खेती गरे पनि व्यवसायिक रूपमा गर्न सकेका थिएनौँ । तर स्थानीय सरकारले अनुदान लगायतका कार्यक्रम सञ्चालन गरेपछि घरपरिवार चलाउन सहज भएको छ ।”

मकै छर्ने मेशिन, मल छर्ने यन्त्र स्प्रे ट्याङ्की, कर्न सेलर, डिजिटल ब्यालेन्स, मिनिटिलर, पुश्रो सिडर, डेलिभरी पाइप, पम्पे सेट र मोटर लगायतका उपकरणहरू २८ जना किसानहरूले प्राप्त गरेका छन् । यता कृषि शाखा विकास शाखा तारा चन्द चौधरीले यस्ता प्रविधिको प्रयोगले लागत घटाउने, उत्पादन बढाउने र युवालाई समेत कृषि पेसातर्फ आकर्षित गर्ने अपेक्षा रहेको उनको भनाई छ ।

३ नम्बरका वडा अध्यक्ष टेकलाल सापकोटाले उपकरण वितरण कार्यक्रममा भने, “हामी आधुनिक कृषि प्रणालीलाई आत्मसात् गर्दै किसानहरूको आय वृद्धि र खाद्य सुरक्षामा टेवा पु¥याउन चाहन्छौँ ।”  नगरपालिकाले आधुनिक कृषि प्रविधिको प्रवर्द्धनमार्फत उत्पादनमा वृद्धि, लागतमा कमी र युवाहरूलाई कृषि पेसातर्फ आकर्षित गर्ने लक्ष्य लिएको छ । स्थानीय सरकारको यो पहलले मकै खेतीमा यान्त्रिकीकरण भई कृषकहरूको जीवनस्तरमा सुधार आउने वडा अध्यक्ष सापकोटाले बताए । यस्तै शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले नगरपालिकाले कृषि लक्षित उत्पादनमुखी योजना अघि सारेको बताइन् ।

उत्पादनमुखी कार्यक्रम अन्तर्गत मकै प्रवर्द्धन मुख्य रहेको बताउँदै व्यवस्थित तरिकाले यो खेती गरे मनग्ये आम्दानी गर्न सक्ने उनले जिकिर गरिन् । उनले भनिन्-“इच्छा शक्ति हुनुपर्छ, पालिकाले पनि प्रभावकारी आम्दानी गर्न सक्ने योजना ल्याएको छ ।” शिवराज नगरपालिकामा मकै पोकेट क्षेत्रका रूपमा विकास गर्ने योजना भए पनि परम्परागत विधिमा निर्भरता र कामदार अभावका कारण उत्पादनमा अपेक्षित वृद्धि हुन सकेको थिएन । अब भने शिवराज नगरपालिकामा मकै बाली पर्वद्धनका कार्यक्रम ल्याएपछि मकै खेती विकास गर्न यस्ता उपकरणहरूको प्रयोगले उत्पादनमा उल्लेख्य वृद्धि हुने किसानहरूको विश्वास बढेको उनीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?