© २०२३
बुटवल, २१ जेठ ।
रुपन्देही बुटवल गोलपार्कस्थित लुम्बिनी केबलकार स्टेसन नजिकै पहिलो पटक नयाँ प्रजातिको चरा फेला परेको छ ।
सन् २०२५ मे ३० मे को साँझ ५ बजे, चरासम्बन्धी सर्वेक्षणका क्रममा नेपालमा अहिलेसम्म अभिलेख नभएको चरा देखिएको छ । यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण भारतमा मात्र पाइने मालवर ह्वीटिलाईन ट्रस्ट, भएको, वर्ड लाइफ ईन्टरनेशनल -बेम्बे नेचर हिस्ट्री सोसाइटी(विएनएजएस) का चरा विज्ञहरूको पुष्टि गरेका हुन । अनुसार, नेपालमा पहिलो पटक मालवर ह्वीटलिङ्ग ट्रष्ट– म्याफोस होस्फीफल्डी को अभिलेख भएको हो ।
चरा सर्वेक्षणका क्रममा, पंन्छि संरक्षण सङ्घ नेपालका परियोजना अधिकृत देउ बहादुर राना र अमृत नेपालीले चराहरूको अवलोकन गरिरहेका थिए । यसै क्रममा, एक अनौठो निलो रङ्गको चरा देखियो । सुरुमा यो चरा नेपालमा सामान्य पाइने ब्लु ह्वीटलिङ्ग ट्रष्ट– म्याफोस होस्फीफल्डी क्यरुलेस भएको अनुमान गरिएको थियो ।
तर, फोटो हेर्दा र क्षेत्रीय विवरण तुलना गर्दा फरक विशेषताहरू जस्तै निधारमा स्पष्ट ख् आकारको चम्किलो निलो थोप्लो, काँधमा उज्यालो निलो भाग र कालो चुच्चो देखियो । यी विशेषताहरू म्यालबर ह्वीटलिङ्ग ट्रष्युटमा पाइन्छन् भन ब्लु ह्वीटलिङ्ग ट्रष्युटमा प्रजनन् समयमा पहेँलो चोच र फरक रङ्ग देखिन्छ । साथै, अवलोकन गरिएको चरा शान्त, लुकेर बस्ने र घना झाडीभित्र मात्र चल्ने स्वभावको थियो, जुन ब्लु ह्वीटलिङ्ग ट्रष्युट को खुला स्थानमा देखिने र आवाज गर्ने बानीभन्दा फरक थियो ।
अवलोकनपछि, फोटो र भिडियो प्रमाण पंन्छि संरक्षण सङ्घ, वर्ड लाइफ ईन्टरनेशनल/बेम्बे नेचर हिस्ट्री सोसाइटी (विएनएजएस) भारतका चरा विज्ञहरूलाई पठाएर यसको पुष्टि गरिएको हो । विस्तृत अध्ययन र तुलना पछि, चराको पहिचान म्यालबर ब्लु ह्वीटलिङ्ग ट्रष्युट नै भएको पुष्टि भयो । यसले नेपालमा यस प्रजातिको पहिलो आधिकारिक अभिलेख भएको छ। म्यालबर ह्वीटलिङ्ग ट्रष्युट भारतको पश्चिमी घाट, सतपुडा र मध्य भारतमा मात्र पाइन्छ ।
नेपालमा यसको उपस्थिति या त दुर्लभ भ्रमण) हो वा यस क्षेत्रको पहिले नपत्ता परेको विस्तार हो भन्ने विषयमा थप अनुसन्धान आवश्यक छ । यस अभिलेखसँगै नेपालमा चरा प्रजातिको सङ्ख्या ९०१ पुगेको छ ।