ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

भारतमा बढ्दै कोरोना, सावधानी छिमेकमा 

१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

भारतका १६ राज्यमा कोरोना सङ्क्रमण देखा परेको छ । केरल, महाराष्ट्र, दिल्ली लगायत राज्यहरूमा बढी सङ्क्रमित भेटिएका छन् । दुई जनाको मृत्यु भैसकेको छ । भारतमा कोरोना सङ्क्रमण बढिरहँदा नेपालमा सतर्कता र सावधानी अपनाउनुपर्ने देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन र निगरानी बढाउन निर्देशन दिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड–१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना सङ्क्रमित पुष्टि भइसकेको छ । मन्त्रालयका अनुसार भारतभरि कूल १ हजार ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणको बढ्दो जोखिमको बारेमा कर्नाटकका स्वाथ्यमन्त्री दिनेश गुन्डु रावले तत्काल चिन्ता लिनु नपर्ने बताए पनि सङ्क्रमणको जोखिमको अवस्था हेरेर पूर्व तयारीका कार्यक्रम बनाउनेतर्फ भारतको तयारी छ । भारतमा मात्रै होइन, दक्षिण–पूर्वी एसियाली देशहरूमा कोरोना महामारी बढिरहेको छु । कोरोना सङ्क्रमणकै कारण महाराष्ट्र र अन्य केही ठाउँहरूमा मानिसको मृत्यु भएको खबर बाहिर आएका छन् ।

सङ्क्रमण बढेसँगै कोरोना जोखिमबारे निगरानी बढाइएको र केही सावधानी पनि अपनाउने काम भएको छ । भारतमा कोरोना फैलिरहँदा त्यहाँबाट फर्किनेहरूमा कोरोना सङ्क्रमणको जोखिम बढ्ने अवस्थामा नेपालमा सावधानी अपनाउनु जरुरी छ । त्यसो त गत साता मात्रै नेपालमा पनि सात जनामा कोरोनाको सङ्क्रमण देखा परेको थियो । यद्यपि त्यो पुरानो भेरिएन्ट रहेको चिकित्सकहरूले बताएका छन् । पछिल्लो समय भारतबाट फर्किनेहरूसँग स्वास्थ्य सावधानी अपनाउनु जरुरी देखिएको छ । अब नागरिक आफैले कोरोना जोखिम बढ्दै गएकोले सतर्कता अपनाउनु जरुरी छ । भारतको जोखिम क्षेत्रबाट आएकाहरूमा रुघाखोकी, ज्वरो, टाउको दुख्नेजस्ता लक्षण देखिएको अवस्थामा उनीहरूलाई आइसोलेसनमा राखेर उपचारको व्यवस्था गरियोस् । अव स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिनुपर्ने आवश्यक छ । जोखिम बढ्दै जान सक्ने भएकोले कोरोना रोकथाम गर्न सरकारले तयारी गर्नुपर्ने देखिएको छ । होइन भने अवस्था भयावह नहोला भन्न सकिँदैन । चिकित्सकहरूले पछिल्लो केही सातादेखि अस्पतालमा खोकी लाग्ने, ज्वरो आउने, जिउ दुख्ने, स्वाद हराउनेजस्ता स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेकोले अव सावधानी अपनाउन ढिलाइ गर्न हुँदैन । हरेक नागरिकले मास्क अनिवार्य प्रयोग गर्ने, भीडमा नजाने र स्वास्थ्य मापदण्ड पालनामा लापरबाही गर्नु हुँदैन ।

चिकित्सकहरूले सामान्य रुघाखोकी त होनी भनेर धेरैले हेलचेक्र्याइँ गर्दा कडा खालका निमोनिया देखिएर मानिसको मृत्यु हुने भएकाले हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव छ । समाजमा फ्लु र कोरोनाको सङ्क्रमण एकै पटक फैलिएको र यसले जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकोले हेलचेक्र्याइँ नगर्न चिकित्सकहरूले गरेको अनुरोध सबैले मनन गर्ने मात्र होइन दैनिक जीवनमा लागूसमेत गर्नु जरुरी छ । फ्लु र कोरोनाको लक्षण उस्तै हुने हुँदा पहिचान गर्न प्रयोगशालामा जाँच गरेर नै हेर्न ढिलाइ नगरौँ । विगतमा कोरोना पुष्टि भएकाहरूमा अधिकांश ज्येष्ठ नागरिक दीर्घ रोगी फेला परेका थिए । उनीहरूमा कोरोनाको पुरानै भेरिएन्ट पुष्टि भएको हो कि नयाँ भन्ने पत्ता लागेको थिएन । कोरोना भेरिएन्ट पुष्टि गरी जोखिम कत्तिको छ भन्ने कुरा छिनोफानो गर्न अव ढिलाइ नगरियोस् । अव आम नागरिकले समेत स्वास्थ्य सावधानी अपनाउनेतर्फ आफै पनि प्रयास गर्नु जरुरी छ ।सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्नुपर्ने चिकित्सकहरूको सुझाव आत्मसाथ गरौँ । रोग फैलन नदिन बेलाबेलामा साबुन पानीले हात धुने, हातले आँखा, नाक वा मुख नछुने, भिडभाडमा जाँदा मास्क लगाउने गरौँ । बिरामी भएका व्यक्तिहरूसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खानेकुरा प्रयोग गरेमा कोरोनाबाट बच्न सकिन्छ । सानो असावधानीले विगतमा सयौँ नेपालीले ज्यान गुमाएको घटनाबाट अव पाठ सिक्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?