ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

खुम्चियो वृद्ध भत्ताको सपना 

१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार
बर्दिया, १९ जेठ ।
दशौती थरुनी अहिले नागरिकताको अनुसार उमेरले ६७ वर्षकी पुगेकी छिन । उनको वास्तविक उमेर भने ७५ बर्ष पुगेको छ । उनी अहिले उमेर बढी भएको कारणले घरको काम गर्न सक्दैनन् । काम गर्न नसकेपछि सरकारले दिँदै आएको ज्येष्ठ नागरिक वृद्धा भत्ताको आशामा थिइन । तर सरकारले हालै वृद्ध भत्ता पाउने उमेरको सीमा ७० वर्ष गराए पछि उनको वृद्ध भत्ता पाउने सपना तुहिएको छ ।
दशौती थरुनी घरको केही काम गर्न नसके पनि वृद्धा भत्ता पाएपछि औषधी उपचारको खर्च यसैबाट चल्ने आशा थियो । तर सरकारले पहिला ७० वर्ष पुगेकालाई भत्ता दिएको थियो पछि फेरी घटाएर ६८ वर्ष गरायो र अहिले फेरी ७० गराएको छ । त्यसपछि अब यो जुनीमा वृद्ध भत्ता नपाउने भन्छिन् । उनको जन्म गुलरिया नगरपालिका कोठिया गाउँमा भएको थियो । उनका आमाबाबुले साबिक मैनापोखर गाउँ विकास समिति वडा नम्बर ३ गोविन्द थारु सँग विवाह गराई दिएका थिए ।
२०४१ सालमा नागरिकता बनाउन आएको टोलीबाट नागरिकता बनाएकी थिइन । उनी नागरिकता बनाउँदा अन्दाजी २७ वर्षको उमेर लेखिएको छ । उनको नागरिकता २०४१ साल कार्तिक महिनाको १७ गते बनेको थियो । उनले भनिन् नागरिकता बनाउन आएको टोलीले त्यति बेला धेरैको उमेर २७ वर्ष राखेर बनाई दिएको थियो । धेरै मानिसहरू म भन्दा उमेरले ठुला छन् तर नागरिकतामा उमेर कम भएको कारणले उनीहरू पनि वृद्धा भत्ता पाएका छैनन् ।
केही मानिसहरू म भन्दा साना थिए तर उनीहरूको उमेर धेरै राखेका थिए । जस कारण उनीहरू भत्ता पहिला देखि नै फाइरहेका छन् ।
दशौती शारीरिक हिसाबले उमेर बढेपछि अपाङ्ग भए जस्तै छिन । उनी सिधा उभिएर हिँड्न सक्दैनन् । उनले अपाङ्गता परिचय पत्रको लागि धेरै पटक बढैयाताल गाउँपालिका धाइन तर परिचय पत्र प्राप्त गर्न सकिनन् । उनलाई रातो कार्डको अपाङ्गता परिचय पत्र पाउने थियो तर पालिकाले उनलाई सेतो कार्ड दिएको छ । जसबाट उनी यातायात लगायत केही स्थानमा भाडाहरू छुट मात्र पाउने उनका श्रीमान् गोविन्द प्रसाद थारुले बताए । उनले भने, अब यिनीको भत्ता पाउने सपना अन्त्य भएको माने हुन्छ । उमेर सँगै शारीरिक रूपमा पनि अशक्त भैसकेको छिन कति दिन बाँच्लान् र ।
त्यस्तै चन्द्री थरुनी पनि उमेरले ६७ वर्ष पुगे सँगै शारीरिक रूपमा अशक्त भैसकैकी छिन । उनी करिब २० वर्ष पहिला देखि नै खुट्टा दुखाईको औषधी खाँदै आइरहेकी छिन । पहिलै देखि औषधीमा धेरै खर्च हुँदै आएकोले यो वर्ष भत्ता पाउँछु र छोराले बेहोर्दै आएको औषधी खर्च कम हुन्छ भन्ने आशामा बसेकी थिइन । तर सरकारले वृद्धा भत्ता उमेर हद फेरी बढाएपछि भत्ता पाउने आस टुटिएको बताइन । उनले भनिन्, मैले अपंगताको भत्ता पाउनको लागि बढैयाताल गाउँपालिकाको कार्यालय धेरै पटक धाएँ तर कुनै किसिमको सुनुवाइ भएन । म जन्मेको उमेर ७५ वर्ष भन्दा पनि धेरै भैसकेको छ तर नागरिकतामा २७ वर्षको उमेर देखाएर २०४१ साल कार्तिक महिनाको १७ गते नागरिकता प्राप्त गरे जस कारणले अहिले सम्म भत्ताको आशमै बसेको छु ।
म हिँडडुल गर्नको लागि लौरोको सहारा लिएर मात्र हिँड्न सक्छु तर त्यति देख्दा समेत मलाई गाउँपालिकाले आपांगताको परिचयपत्र दिएन । त्यस पछि उमेर पुग्न लागेपछि वृद्धा भत्ता पाउने आशा धेरै थियो तर सरकारले नियम परिवर्तन गर्दै गएपछि वृद्धा भत्ताको सहारा पनि अन्त्य भएको बताइन । हो यसरी सरकारले समय समयमा नियम परिवर्तन गर्दै गर्दा धेरै वृद्ध वृद्धाको आशा तुहिएको देखिन्छ । यिनी दुई जना उदाहरणका पात्र मात्र हुन यस्ता धेरैको सपना तुहिएको छ । सरकारले अरू नीति नियम परिवर्तन गरे पनि वृद्धा भत्ताको उमेर हद यथावत् राख्नु पर्ने जरुरी देखिन्छ । धेरै मानिसहरू आफ्ना आमाबाबुलाई यही भत्ताका कारण राम्रो स्याहार सुसार गरिरहेका देखिन्छन् । वृद्ध भत्ता सरकारले लागु नगर्दा धेरै आमाबाबुका छोराछोरीहरू वृद्ध आश्रममा राख्दै आएका थिए तर सरकारले वृद्धा भत्ताको वितरण गरे सँगै आश्रममा छोड्ने क्रियाकलाप पहिला भन्दा धेरै कम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?