ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

भारतीय कृषक धानको बीउ खरिद गर्न नेपालगञ्जमा

१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

नेपालगञ्ज, १९ जेठ ।

वर्षायाम सुरु हुनै लाग्दा छिमेकी देश भारतका किसानहरु यतिबेला बीउको जोहो गर्न नेपालगञ्ज आउने गरेका छन् । नेपाली उन्नत जातका राम धान र राधा चारको बीउ लिन भारतीय कृषक नेपालगञ्ज आउने गरेका हुन् ।

भारत उत्तर प्रदेशको मजगवाँ र विष्णापुरबाट नेपालगञ्जको तिवारी एग्रोसिडमा एकैसाथ १० जनाको समूहमा बीउ लिन आएका कृषकहरु भेटिए । उनीहरु सबैले करिब ६ वर्षदेखि नेपालमा विकास गरिएको राम धान र राधा चार जातको बीउ प्रयोग गर्दै आएको बताए । ती मध्ये एक जना कृषक हेतराम मौर्यले भने, ‘सादी विवाह, और मेहमान आउँदा रामधानको चामल उपभोग गरिन्छ ।’

रामधान उत्पादनमा ठिकै र खानलाई मिठो हुने उनीहरु बताउँछन् । राधा चार मोटो धान भएपनि कम मेहनतमा धेरै फल्ने भएकाले बिक्री गर्नलाई रोप्ने गरेको भारत ईमामगञ्जका अर्का कृषक कुलदिप मिश्राले बताए । भमरतका एग्रोसीड व्यवसायीहरुले राम धान र राधा चारको बीउ नेपालबाट लगेर केही महङ्गोमा बेच्ने गरेकाले आफूहरु सिधै नेपालगञ्जमा बीउ खरिद गर्न आएको बताए ।

 

नेपाली उन्नत जातका बीउ भारतीय किसानको रोजाइमा पर्ने गरेको व्यवसायीहरु बताउँछन् । भारतमा विवाह गरेका कतिपय नेपाली छोरीहरु माइतीबाट फर्किदा नेपालमा उत्पादित धानको बीउ लगेर खेती गरेदेखि त्यहाँका अन्य कृषकहरु नेपाली धानप्रति आकर्षित भएको बताइन्छ । बीउ किन्दै गरेको अवस्थामा भेटिएकी नेपालगञ्जको भुजई गाउँबाट भारतको जइतामा विवाह गरेकी नितु कुम्हारले बीउ लिन सँधै नेपाल आउने गरेको बताइन् । उनले भनिन्, ‘करिव १० वर्ष हुन थाल्यो, विवाह भएर भारत गएपनि धानको बीउ किन्न नेपालमै आउँछु ।’ भारतमा धेरै थारीको बीउ पाइए पनि नेपालको जस्तो गुणस्तरीय नरहेको उनले बताइन् । घरपरिवारले यसै समयामा बीउ किन्ने बहानामा माइत पठाउने गरेको उनले सुनाइन् ।

राम धान र राधा ४ जातको बीउ लिन मात्र भारतीय किसानहरु नेपालगञ्ज आउने गरेको नेपालगञ्जको धम्बोझी स्थित तिवारी एग्रोसिडका सञ्चालक विनोद तिवारीले बताए । उनले भने, जतिपनि भारतीय कृषक आउँछन् राधा चार र राम धान नै सोध्छन्, त्यही दुई जातको धान लिन दैनिक ५० देखि एक सय जना कृषकहरु करिव दई हप्ता सम्म लागातार आउने गर्छन् । अहिले नेपालगञ्जका सबेजसो एग्रो भेटमा भारतीय कृषकहरुको समूह देख्न सकिन्छ ।

राम धान र राधा ४ जातको बीउ पश्चिम नेपालको वातावरणमा सुहाउँदो बनाउनका लागि करिव तीन–चार बर्ष अनुसन्धान पछि मात्र उत्पादन गरिएको वाली वैज्ञानिकहरुको भनाई छ । राम धान नेपालको उत्पादन भएकाले यसको मूल बिउ अन्य देशमा नपाइने लुम्विनी प्रदेश कृषि अनुसन्धान निर्देशनालय खजुराले जनाएको छ । बाली वैज्ञानिक रामदाश चौधरीले भने, ‘राम धान नेपालको उत्पादन हो, यसको मूल बीउ नेपालमा मात्र पाइन्छ ।’

राधा चार र राम धान नेपाली किसानको रोजाइमा पनि नपरेको होइन, तर कतिपय किसानहरु सस्तोमा पाइने भन्दै भारतमा बीउ खरिद गर्न गएका देखिन्छन् । भारतीय किसानहरु मूल बीउको लागि कृषि अनुसन्धान निर्देशनालय खजुरामा समेत ठूलो संख्यामा आउने गरेको बाली विज्ञहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?