ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

राष्ट्रिय परिचयपत्रको ‘सास्ती’

१८ जेष्ठ २०८२, आइतबार
१८ जेष्ठ २०८२, आइतबार

बुटवल, १८ जेठ ।
सरकारले विभिन्न कार्यमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि सरकारी अड्डामा सेवाग्राहीहरुको भिड लाग्ने गरेको छ । सामाजिक सुरक्षा भत्ता, बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने लगायतका अन्य कामको लागि अनिवार्य बनाएपछि पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयहरूमा सेवाग्राहीहरू एकाबिहान देखि लाइन लागेर सेवा लिन बाध्य भएका हुन । सरकारी अड्डाहरूमा सेवा लिन लाग्ने लाइनले सरकारले जनतालाई दिने सेवाप्रति निराशा र खिल्ली उडाइरहेको छ । इलाका प्रशासन कार्यालय बुटवलमा पछिल्लो समय दैनिक ३ सय बढीलाई राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने अभिलेखीकरण गर्ने काम गदै आएको छ ।

सरकारबाट पाउने हरेक सेवा सुविधाहरूमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरे पनि सेवा दिने कुरामा ध्यान नदिँदा धेरै ज्येष्ठ नागरिक आमाबुवाहरू एकाबिहानै सरकारी कार्यालय अगाडी पालो कुर्न बाध्य भएका छन् । इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन बिहानै लाइन बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । बुटवलमा सेवाग्राहीको चाप धेरै भएकाले टोकन दिएर काम गर्नुपरेको उनको भनाइ छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो सेवा दिने कुरामा कुनै कमजोरी नगरिएको भन्दै प्रमुख अर्यालले भने –‘दैनिक ३ सय बढीले राष्ट्रिय परिचय पत्रको सेवा लिइरहनुभएको छ हामीले सक्दो सजिलो छिटो सेवा दिने कुरामा लागिरहेका छौ ।’ बिहान १० बजेदेखि साँझ ५ बजे सम्म ४ वटा युनिटले काम गरिरहेका छन् ।

प्रमुख अर्यालका अनुसार विगतमा २ वटा बाट मात्र फोटो खिचाउने काम भइरहेको थियो तर यसपालि माथि कुरा गरेर ४ बटा युनिट ठाउँहरूबाट सेवा दिने काम गरिरहेका बताए ।   बुटवलमा भिड हुनुको कारण अन्य जिल्लाका मानिसहरूको बसाई धेरै रहेकाले बेजिल्लाको समेत फोटो खिचाउने काम भएकाले केही असजिलो भएको उनको भनाई छ । हामीले नियमित गर्ने कामहरू जस्तै नागरिकता विद्युतीय पासपोर्ट नावालिका परिचय पत्र लक्षित वर्ग, प्रमाणित ठाडो उजुरी, बजार अनुगमन लगायतका कामहरू सहज रूपमा हुँदै आएको प्रमुखको भनाइ छ । इलाका प्रशासन कार्यालय बुटवलमा सेवा लिनेहरू गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, प्युठान, बागलुङको मानिसहरूको बुटवल क्षेत्रमा बसाई धेरै भएकाले सहज सेवा दिन केही कठिनाइ भइरहेको हो । स्थानीय सरकाले जनतालाई सेवा दिने कुरामा ध्यान दिन जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?