ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

घरघरमा धारा पुगेपछि फेरियो दैनिकी

१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

दाङ, १७ जेठ ।

दंगीशरण गाउँपालिका वडा नम्वर –६ बागरकी गृहिणी बुधनी चौधरीलाई घरको आँगनमा खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र गाईवस्तुलाई खुवाउन निकै सजिलो भएको छ । ‘एक घर, एक धारा’ अभियान अन्तर्गत गाउँमा एक वर्षअघि निर्माण सम्पन्न भएको खानेपानी योजनाका कारण पानीको सुविधा भएको हो । उनले भनिन्, “खानेपानीका लागि गाउँभरीमा एउटा इनार थियो, पानी थाप्दा कहिलेकाहीँ त तँछाड मछाड भएर झगडा हुन्थ्यो । घरमा नयाँ धारा बनेसँगै अब भने समस्या सधैँलाई समाधान भएको छ ।” गर्मी मौसममा खानेपानीको मुहान सुक्ने र खानेपानीको लागि गाग्री बोकेर खोला–खोला हिँडेर सास्ती हटेको उनले सुनाइन् । पानीका कारण घरमा पनि झगडा हुने गरेको थियो, पानीको लाइनमा बस्दा समय धेरै जाने घरका मानिसले धेरै समय लाइस् भनेर गाली गर्ने गरेकोको उनले नमिठो पलको स्मरण गरिन् । अहिले घरपरिवार पनि शान्त छ ।

दंगीशरण गाउँपालिका –६ बागरकी जया चौधरीलाई एक वर्ष अघिसम्म गाउँको साझा इनारमा पानीको लागि लाइन बस्नुपथ्र्यो । त्यही इनार पनि चैत, वैशाखको खडेरीमा सुक्ने गथ्र्यो । आधा घन्टा लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकैपटक ल्याउनुपर्ने बाध्यता थियो । बिहान चार बजेदेखि लाइनमा बसेर पानी भर्ने गरेको उनलाई अझै सम्झना छ । अहिले उनको दैनिकी फेरिएको छ । घर छेउँमा बनेको खानेपानीको बोरिङबाट घरघरमा पानी आउन थालेपछि उनी धेरै खुशी भएकी छन् । उनले धाराको पानी प्रयोग गर्न थालेपछि समयको बचत भएको छ । करेसाबारीमा तरकारी खेती गरेर घरमा खान पुग्ने तरकारी फलाएकी छन् ।
पानीको लागि बिहानभरको समय खेर जाने गरेको थियो । समय बचत भएको छ ।

दंगीशरण गाउपालिका वडा नम्वर –६ बागर खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेशम वलीले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको सहयोग र स्थानीयको जनसहभागितामा बोरिङ खनेर पाइप बिस्तार गरी घरघरमा पानीका धारा वितरण गरिएको बताए । दैनिक दुई घण्टा पानी वितरण गरिए पनि पानी भण्डारण गर्ने ट्याङ्की नहँुदा समस्या भएको उनको भनाइ छ । दुई सय घरले पानीका लागि निवेदन दर्ता गरेका छन् तर अहिले एक सय ८६ घरधुरीले पानीको सुविधा लिइरहेका छन् । अरु प्रकृयामा छन् । पानी जति प्रयोग गरेपनि हुन्छ मिटर जडान गरिएको छैन, मासिक दुइ सय रुपैयाँ उपभोक्ताले महशुल तिर्ने गरेको उनले बताए ।

दंगीशरण गाँउपालिका वडा नम्वर –६ का अध्यक्ष रोशनजंग शाहले आफ्ना वडाबासीलाई पानीको सुबिधा पु¥याएको बताए । “चुनावमा एक घर एक धारा दिने भनी नागरिकसँग मत मागेका थियौं सोही अनुरुप पानी पु¥याउन थालेका छौ”–उनले भने । पानीको सुविधा पुगे पनि पूर्वाधार नहुँदा समस्या भएको छ । पानीको ट्याङ्की छैन, पानी भण्डारणको समस्या छ । संघ र प्रदेश सरकारले संरचना निमार्णमा सहयोग गरेमा स्थानीय सरकारलाई केही सहयोग हुने उनको धारणा छ । स्थानीय सरकारसंग पर्याप्त वजेट नहुँदा काम गर्न समस्या भएको उनले बताए ।

खानेपानी तथा सरसफाई कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले खानेपानी मानिसको पहिलो आवश्यकता भएकाले सबै नागरिकलाई सहज पानी पु¥याउने कोशिस गरेको बताए । कुनै कुनै खानेपानी आयोजना स्थानीय तहसंग सहकार्य गरेर अगाडि बढाएको र कुनैमा बजेट अभावका कारण काम समयमा हुन नसकेको उनले बताए । “बहुवर्षीय योजना निर्माणमा समय लाग्ने भएकाले समयमा सबैलाई पानी पु¥याउन पहल गरिरहेका छौं”–उनले भने । सरकारको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत सबैको पहुँचमा पानी पु¥याउन खोजिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?