© २०२३
बुटवल, १७ जेठ ।
नवलपरासी सुस्ता गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ । नवलपरासी सुस्ता गाउँपालिका र कपडा बैंकसँगको लागत साझेदारीमा कपडा बैंक स्थापना गरिएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले जानकारी दिएका छन् ।
उक्त कपडा बैंकको उद्घाटन पालिका अध्यक्ष टेक नारायण उपाध्यायले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । अध्यक्ष उपाध्यायले आफुहरुसँग भएका वस्तुहरूलाई प्रयोगमा ल्याउन नजान्दा आर्थिक उन्नतिमा पछाडि परेको बताउँदै कपडा बैंकको स्थापनाले प्रयोगमा नआएका कपडाहरू पनि पुनः प्रयोगमा आउने र कपडा बैंक संग आवश्यक समन्वय र सहकार्य गरि अगाडि बढने र यो कार्यक्रमले असहाय तथा विपन्न व्यक्तिलाई ठूलो सहयोग पुग्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता चौधरीले पालिका भित्र रहेका काम नलाग्ने कपडाहरुलाई प्रशोधित गरी पुनः प्रयोगमा ल्याउने कार्यमा सहयोग गरेको भन्दै कपडा बैंकका अध्यक्ष कमल जि सि लगाएत संस्थापकहरुलाई धन्यवाद दिएकी थिइन् ।
सोही कार्यक्रममा सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले पालिकामा स्थापना गरिएको कपडा बैंकबाट विपन्न नागरिकहरूलाई सहज हुने बताए ।
आफ्नो घर टोल र समाजलाई सफा राखौं, कोही कपडा विहिन नरहुन् भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै अन्य पालिकाहरुमा जस्तै सुस्ता गाउँपालिकामा पनि कपडा बैंकको स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।
यस्तै कार्यक्रममा बर्दघाट जेसिज निवर्तमान अध्यक्ष युवराज चापागाईंले कपडा बैंकको स्थापना सुस्ता गाउँपालिकाले गरेकोमा धन्यवाद दिदै जेसिज र कपडा बैंक समन्वय र सहकार्यका साथ अगाडि बढने बताए ।
यस्तै कपडा बैंक केन्द्रीय अध्यक्ष कमल जिसी र सचिव दिनेश घिमिरेले प्रयोगमा नआएका कपडाहरु पुनः प्रशोधन गरेर संस्थाको तर्फबाट आवश्यक पर्नेहरूलाई निःशुल्क रुपमा बितरण गरिदैं आएको बताए ।
२०८१ सालमा स्थापना गरिएको कपडा बैंक अहिले देशभरका १६० भन्दा बढी स्थानीय तहमा पुगेको जिसिले जानकारी दिए । महानायक राजेश हमाल संरक्षक रहेको उक्त कपडा बैंकले प्रयोगमा नआएका कपडाहरूलाई पुनःप्रशोधन गरेर वितरण गर्दैै आइरहेको छ । कार्यक्रममा सुस्ता गाउँपालिकाले कपडा बैंकको सम्पूर्ण टिमलाई स्वागत गरेको थियोे । कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, आमा समुह, क्लब, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी लगायतको उपस्थिति थियो ।