ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

गाउँकै अस्पतालमा उपचार पाउँदा स्थानीय दङ्ग

१७ जेष्ठ २०८२, शनिबार
१७ जेष्ठ २०८२, शनिबार

चन्द्रौटा, १७ जेठ ।

“उपचार गर्न बुटवल, भैरहवा लगायत बाहिर जानुपर्ने बाध्यता हटेको छ । सामान्य औषधि उपचार गर्न समेत बाहिर जानु परेको थियो । स्थानीय स्तरमा आधारभूत अस्पतालको सेवा प्रवाह सुचारु भएपछि अन्यत्र जानु परेको छैन ।” स्थानीय दुर्गा गैरेले भनिन् । दमको पुरानो रोगले पीडित उनी केही समय अघिसम्म पाल्पासम्म उपचारका लागि धाउँथिन् । केही समयदेखि गैरे पाल्पाको एक अस्पतालमा निरन्तर डाक्टरको फ्लोअपमा रहेको उनी बताउँछिन् । बुटवल, भैरहवा हुँदै पाल्पाको एक अस्पतालमा उपचार गराइरहेकी उनी अहिले भने गाउँमै खुलेको विजयनगर आधारभूत अस्पतालमा नियमित जाँच गराउन जान्छिन् । ‘पहिले चन्द्रौटा, बुटवल, भैरहवा, उपचार गर्दा निको नभएपछि पाल्पामा उपचार थालेथेँ अब भने गाउँमै सुविधा भयो,’__ उनी भन्छिन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ६ बद्दौरकी ४५ बर्षीया दुर्गाले पछिल्लो एक महिनादेखि स्थानीय स्तरमा अस्पताल सञ्चालनमा आएपछि विजयनगर आधारभूत अस्पतालमा नै चेकजाँच गर्न थालेको उनले बताइन् । उनले थपिन्, “पहिले सानो समस्याको उपचार गर्न पनि गन्तव्य टाढा थियो, अहिले त यहीँ सेवा पाउँदा न पैसा खर्चिन्छ न त समय नै ।” स्थानीय स्तरमा स्वास्थ्य सेवा पाउँदा आम नागरिकहरूमा उत्साह समेत थपिएको छ ।

विजयनगर गाउँपालिका वडा नम्बर–१, हनुमाननगरका सेवाग्राही गुलाब थारुका अनुभव पनि उस्तै छ । उनी ग्रामीण भेगमा स्वास्थ्य सेवा पाउँदा उत्साहित हुँदै भने “पहिले हामीजस्ता ग्रामीण क्षेत्रका नागरिकलाई अस्पताल भन्नासाथ बुटवल–भैरहवा पुग्नुपर्ने बाध्यता थियो ।” थारुले थपे, “अब त विशेषज्ञ चिकित्सकले सेवा दिने शिविर समेत सञ्चालन हुन थालेको छ ।” स्थानीय अस्पतालमा राम्रो सेवा पाउँदा समय, श्रम र खर्चमा बचत भएको भन्दै थारुले सरकारप्रति धन्यवाद व्यक्त गरे ।

अस्पतालले प्रभावकारी सेवा निरन्तर प्रदान गर्न उनले आग्रह समेत गरे । अस्पताल सुपरिन्टेण्डेन्ट डा. युवराज अधिकारीले प्रतिदिन सेवाग्राहीको चाप बढेको बताए । उनले भने__ “स्थानीयको स्वास्थ्यप्रति बढ्दो चासो र सहज सेवा पाउने वातावरणले गर्दा हरेक दिन सेवा लिन आउने नागरिकको सङ्ख्या बढ्दै गएको छ ।” अस्पतालमा अहिले दैनिक दर्जनौँ बिरामी आउने गरेको उनको भनाई छ । विशेषज्ञ डाक्टरको परामर्श, नियमित चेकजाँच, निःशुल्क औषधि वितरण, सुत्केरी सेवा लगायतका कार्यक्रमलाई व्यवस्थित बनाउँदै लगेका लैजाने डा. अधिकारीले बताए ।

“ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै अत्यावश्यक उपकरण र जनशक्ति थप्ने कामलाई हामी प्राथमिकतामा राखेका छौँ । यहाँको जनघनत्व अनुसारको स्वास्थ्य सेवा व्यवस्थापनसँगै प्रभावकारी सेवा प्रवाह बिस्तार गर्दै लैजाने हाम्रो उद्देश्य हो” उनी बताउँछन् ।
विजयनगर आधारभूत अस्पताल सञ्चालन गर्नु गाउँपालिकाको प्राथमिकतामध्येको एक रहेको अध्यक्ष गोपाल बहादुर थापाले बताए । गाउँका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउनु उनीहरूको अधिकार रहेको बताउँदै स्वास्थ्य पूर्वाधारमा लगानी गरेको उनले जिकिर गरे ।

अस्पतालको सेवा विस्तारका लागि गाउँपालिकाले आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण खरिद, भवन मर्मत तथा विशेषज्ञ डाक्टर ल्याउने जस्ता काममा निरन्तर पहल गरिरहेको समेत थापाको भनाइ छ ।“नागरिकको विश्वास बढ्दै गएको छ, सेवा लिन आउनेको सङ्ख्या बढ्दो छ, त्यसले देखाउँछ कि हामी सही दिशामा अघि बढिरहेका छौँ,” अध्यक्ष थापाले भने ।

भविष्यमा अस्पताललाई सामुदायिक स्तरको सघन सेवा केन्द्र बनाउँदै लैजाने लक्ष्य रहेको उनले उल्लेख गरे । “स्वास्थ्य, शिक्षा र पूर्वाधारमै जोड रहनेछ,” उनी भन्छन्, “हामी गाउँमै उत्कृष्ट सेवा दिने स्थानीय सरकारको उदाहरण बन्न चाहन्छौँ ।” विद्यालय, बजार र बस्ती नजिकै अस्पतालको सेवा सञ्चालनमा आउनुले गाउँमै स्वास्थ्यको सुरक्षा गर्ने वातावरण बनेको छ । स्वास्थ्य सेवा गाउँसम्म बिस्तार हुनु विकासको गतिलो उदाहरण समेत बनेको छ । अस्पताल गाउँको शान मात्र होइन, ग्रामीण जीवनशैलीमै आएको सकारात्मक परिवर्तन पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?