Butwal Today

वरिष्ठ पत्रकार विजय चालिसेको निधन

१६ जेष्ठ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

वरिष्ठ पत्रकार, साहित्यकार तथा गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष विजय चालिसेको शुक्रबार ७४ वर्षको उमेरमा निधन भएको छ।उहाँको निधन जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा भएको पारिवारिक स्रोतले जनाएको छ। चालिसे केही समयदेखि बिरामी भई उपचाररत थिए ।

का पूर्वप्रधान सम्पादक समेत रहेका थिए ।  सञ्चार क्षेत्रमा लामो समयको योगदान दिएका चालिसे आमसञ्चार र पत्रकारिता विषयका प्राध्यापक समेत रहेका थिए ।  उनका कयौं पत्रकारिता तथा साहित्यिक कृतिहरू प्रकाशित छन्, जसले नेपाली सञ्चार र साहित्य क्षेत्रमा महत्वपूर्ण प्रभाव पारेका छन्। उहाँको अन्त्येष्टि शुक्रबार नै गोकर्णमा गरिने जनाइएको छ।