ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर
१५ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१–८२

बुटवलको पाँचौँ पटक च्याम्पियनको तयारी

१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

बुटवल, १६ जेठ ।

तिलोत्तमा नगरमा हुने १५ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१–८२ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि दाबेदारीका लागि बुटवलका खेलाडीहरू जुटेका छन् । यसअघिका चार प्रतियोगितामा उपाधि चुमेको बुटवल पाँचौँ पटक च्याम्पियन बन्ने होडमा छन् । जेठ १७ र १८ गते हुने प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाबाट भाग लिने १०६ जना खेलाडीहरू विभिन्न खेलमैदानमा बन्द प्रशिक्षणमा छन् । देविनगरस्थित न्यु होराईजन स्कुलमा छात्र र छात्रा भलिबलको प्रशिक्षण चलिरहेको छ । सोही विद्यालयमा कबड्डीको समेत कडा प्रशिक्षण चलेको छ । यता मार्सल आर्ट अन्तर्गत कराते र तेक्वाण्डो खेलको हाटबजारस्थित जिल्ला खेलकुद कार्यालयको मैदानमा तयारी भइरहेको छ । एथलेटिक्सको भने रामनगरस्थित कालिका मानव ज्ञान माविको मैदानमा प्रशिक्षण चलेको छ । ११ विधामा १०६ जना खेलाडीहरू विज्ञ प्रशिक्षकहरूले बन्द प्रशिक्षणमा खेलको विधि सिकाइरहेका छन् ।

भलिबल खेलको उदयबम मल्ल, एथलेटिक्सको गार्गीका सुमित अधिकारी, कबड्डीको महेन्द्र सुनार, दिनेश आचार्य, करातेको उमेश थापा, तेक्वान्दोको राजिव सिह क्षेत्री र मदन थापालाई जिम्मा दिईएको नगर खेलकुद विकास समितिका बुटवलका संयोजक बोनिन पियाले बताए । यस पटक पनि च्याम्पियन बन्ने योजनासहित तयारी चलेको संयोजक पियाले बताए । प्रतियोगितामा विजेता खेलाडीहरू प्रदेश र त्यसमा पनि विजेता बने राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाउने हुँदा पनि यो खेलाडीहरूका लागि उपयुक्त प्लेटफर्म भएको उनले बताए । ‘हामीले तयारीमा कुनै कसर छोडेका छैनौ ।’– उनले भने । अहिले प्रतियोगिता आयोजना गर्न भने उपयुक्त समय नभएको उनको तर्क छ । खेलाडीमा जित्ने मनोभावना विकास भएको छ र उत्साह बढेको उनले बताए ।

रुपन्देही जिल्ला खेलकुद विकास समिति बुटवलका कार्यालय सचिव चन्द्रकान्त आचार्यले कुल १२ विधाको हुने प्रतियोगितामा जिल्लाका केवल आठ पालिकाहरूले मात्र सहभागिता जनाउने बताए । ‘रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, सियारी, गैडहवा गाउँपालिका गरी आठ पालिकामा छनौट खेल सम्पन्न गरेका छन् ।’–उनले भने । बाकी आठ पालिकालाई कार्यालयबाट स्पष्टीकरणको पत्र काटेको उनले बताए । प्रदेशस्तरीय प्रतियोगिता जेठ २३, २४ र २५ मा दाङ गर्ने मिति तोकिसकेको हुँदा पनि त्यो अघि जिल्ला छनौट गर्नुपर्ने भएको उनले बताए ।

प्रतियोगिता अन्तरगत एथलेटिक्समा (छात्र/छात्रा) गरी ३ हजार, १५००, ८००, ४००, २०० र १०० मिटर दौड, लङजम्प (छात्र/छात्रा), हाईजम्प, ज्याभलिन थ्रो, सटपुट, त्रिपलजम्प, रिले ४ बाई १००, ४ बाई ४००, कबड्डी, भलिबल, उसु, कराते, तेक्वाण्डो खेलहरू हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?