ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

बुटवलको घटना  मानव सभ्यतामाथिकै कलङ्क

१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

बुधबार बिहानै बुटवलमा भएको बीभत्स हत्याको घटनाले आम बुटवलवासीलाई अत्यन्त दुःखी बनाएको छ । बुटवलवासी मात्रै होइन, मुटु नै हल्लाउने उक्त घटना थाहा पाउने हरेक नेपालीलाई चिन्तित समेत बनाएको छ । बुटवलमा एकपछि अर्को गरी लगातार भइरहेका यस प्रकारका अपराधजन्य घटनाले चुनौती दिएको छ । एकाबिहानै तीन तीन जनाको बीभत्स हत्या चानचुने कुरा र विषय होइन । मानिसहरूमा पछिल्लो समय बदलाको भावना र अपराधजन्य मनोबृद्धि बढ्दै गएको यो घटनाले पुष्टि गरेको छ । आफ्नै पूर्व पत्नी र निर्दोष साना नानीहरूमाथि क्रूर र अत्यन्त बीभत्स तरिकाले हेम्मर र चक्कु प्रहार गर्नु मानव सभ्यतामाथि ठुलो चुनौती हो ।

यसअघि आफ्नै दाजुलाई हत्या गरी टुक्रा टुक्रा पारेर लास समेत गायब गर्ने जुन प्रयास उनले गरे, उनमा मानसिक समस्या समेत थियो कि भन्ने प्रश्न समेत उत्पन्न भएको छ । अर्कोतर्फ यस प्रकारका सङ्गिन अपराधका घटनामा जोडिएका र जेलको सजाय पाएका अपराधीलाई आम माफी दिनु अर्को ठुलो गल्ती थियो भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ । सङ्गिन अपराधका घटनामा जोडिएका मानिसलाई माफी मिनाहा दिनु गलत हुने रहेछ भन्ने कुरा यसअघिका धेरै घटनाले पुष्टि गरिसकेका छन् । कैद माफी पाएर जेलबाट छुटेकाहरूले अर्को ठुलो अपराध दोहो¥याउने गरेको धेरै घटनाले पुष्टि गर्दै आएका छन् । फेरी पनि नेपाल सरकारले असल आचरणको नाममा र धेरै कैद भुक्तानको नाममा यस प्रकारका अपराधीलाई छोड्नु हुँदैन भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ । अतः यो विषयमा नेपाल सरकारको पनि ध्यान जाओस् ।

पछिल्लो समय अपराधका जघन्य घटनामा वृद्धि भइरहेको छ । गत वैशाख महिनामै पनि बुटवलको प्रगति नगर क्षेत्रमा भारतीय नागरिकले स्थानीय टिका विष्टमाथि दिउँसो गोली प्रहार गरी फरार भएका थिए । ती भारतीय नागरिक अहिलेसम्म पक्राउ परेका छैनन् । यसमा पनि बदलाको भावना जोडिएको छ । आफूले मन पराएको नाममा विवाह गर्न अस्वीकार गरेपछि हत्याको योजना नै बनाउनु गम्भीर अपराध मनोवृत्ति हो । यस प्रकारका मानिस समाजका लागि कलङ्क हो । बदलाको भावना राख्नु र आफ्नो उद्देश्य पूरा नभएकै नाममा ज्यानै लिने दुस्साहस गर्नुको पछाडि अपराधको मनोवृत्ति देखिन्छ । अबको दिनमा समाजमा हुने यस प्रकारका घटनाबाट पाठ सिक्नु जरुरी छ । यस प्रकारका घटनाले नेपाली समाजलाई विक्षिप्त बनाएको छ । यस प्रकारको समाचार सुन्दा अप्रिय र पत्याउनै गाह्रो पर्छ ।

निश्चित रूपमा यी प्रश्नहरू अहिले सबैको मनमा तेर्सिएको छ । देशका विभिन्न स्थानमा दोहोरिइरहेका यस प्रकारका घटनाले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै नेपालको बदनामी हुने गरेको छ । प्रहरी प्रशासनले यस प्रकारका जघन्य अपराधका घटना नियन्त्रणमा गम्भीर चासो दिनु जरुरी छ । साथै यस प्रकारका घटना बेलैमा रोक्न सकिने विषयमा पनि छलफल आवश्यक छ । मानव सभ्यतालाई चुनौती दिने यस प्रकारका त्रासदीका घटना त छँदै छ, त्यसमाथि बलात्कार, अपहरणका घटना धेरै बढेका छन् । कु–संस्कार र धर्मको नाममा आडम्बर फैलाउने, प्रताडित गर्ने, निर्ममता प्रदर्शन गर्ने क्रम बढ्दै गर्दा यस्ता घटनामा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्नु जरुरी छ ।

दण्डहीनताको संस्कृतिले जरो गाड्दै गएको कारण नै जसले जे गरे पनि हुन्छ भन्ने मानसिकताका कारण अपराध दिनानुदिन बढ्दै गइरहेको छ तर त्यसप्रति सरकारको ध्यान जान सकेको छैन । हिंसाको डरलाग्दो स्वरूपले मानव क्रूर बन्दै गएको देखाउँछ । यस प्रकारका घटनाको एउटै समाधान कडा कानुन नै हो । अव सरकारले अपराधको विकसित घटनाक्रम नियन्त्रणमा ध्यान दिनु जरुरी छ । जघन्य अपराधका घटनामा संलग्नलाई कडा कानुन बनाएर आजीवन कारागारमा राख्नुपर्दछ भन्ने कुरा बुटवलको बुधबारको घटना र यसै प्रकृतिका अरू धेरै घटनाले पुष्टि गरेका छन् । अतः यो विषयमा सरकारले नयाँ ढङ्गले सोच्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?