ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

गणतन्त्रको १८ वर्ष:  अझै अधुरै छन् जनताका सपना 

१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

आज जेठ १५ गते १८ औँ गणतन्त्र दिवस । आजभन्दा ठिक १८ वर्ष अघि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमय वनेको थियो । गणतन्त्र दिवसको अवसरमा आज देशै भरी विभिन्न कार्यक्रम गरिँदै छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनैतिक दलका नेताहरूले शुभकामना दिएका छन् । शुभकामनामा विगतका कमी कमजोरीलाई सच्याएर गणतन्त्रलाई संस्थागत गर्ने र लोकतान्त्रिक शासन व्यवस्थालाई अझै उन्नत बनाउने उल्लेख गरिएको छ । तर शुभकामना सन्देशमा उल्लेख गरिए जसरी भने देश आज प्रगति र उन्नतिको शिखरमा चढ्न सकेको छैन । जनताका आशा र अपेक्षा अझै पूरा भएका छैनन् । सहिदका सपना अझै अधुरै छन् । जुन आशा र अपेक्षाका साथ गणतन्त्र ल्याउन नेपाली जनताले त्याग गरेका थिए, आज त्यागको कुनै मूल्य प्राप्त भएको छैन । नेपाली जनताले गणतन्त्र प्राप्तिका लागि आफ्नो ज्यानको बलिदान गरे त्यो लक्ष्य र अभियान अझै पूरा हुने सङ्केत देखिएको छैन ।

अहिले नेताहरूप्रति सर्वत्र गुनासो मात्रै छ । नेताहरू अर्थात् सत्ताको कुर्सीमा विराजमान मन्त्रीहरू भ्रष्टाचारको दलदलमा फसिरहेका छन् । यत्रतत्र सर्वत्र भ्रष्टाचारले मुलुक गम्भीर अवस्थामा पुगेको छ । देशका ठुला भनिएका नेताहरू नै भ्रष्टाचारमा डुबेको सुन्दा हिजो गणतन्त्रका लागि सङ्घर्ष र त्याग गर्ने तमाम नेपाली जनताहरूको मनमा गणतन्त्रप्रतिको विश्वास धर्मराएको छ । जनतामा चारैतिर निराशा छाएको छ । त्यसो त २००७, २०४६ र ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ ले जुन उल्लास र उभार सिर्जना गरेको थियो, त्यसको रत्तिभर पनि उपलब्धि जनताले प्राप्त नगरेको गुनासो गरिरहेका छन् । अर्को विडम्बना के छ भने जनता अव यी नेताहरूबाट हुँदैन भन्दै विकल्प खोज्नुपर्ने मतमा छन् । नेताहरूले विश्वास सिर्जना गराउन नसक्नु सबैभन्दा ठुलो चुनौती हो ।

अव यो चुनौती चिर्ने साहस नेताहरूले गर्नै पर्दछ । अर्कोतर्फ एक पटक गाउँ गाउँमा सिंहदरबार भन्ने नारा खुवै उछालियो तर गाउँ गाउँमा सिंह दरबार जनताका लागि होइन, नेता र जनप्रतिनिधिलाई आएको भान भइरहेको छ । अहिले एउटा राजाको स्थानमा देशले सयौँ राजाहरू पाल्नुपरेको गुनासो बाहेक केही सुनिँदैन । सांसदभित्र सङ्घीयताको विरुद्धमा आवाज उठाउनेहरू नै जनताबाट निर्वाचित भएर आउन थालेका छन् । प्रदेश संरचना चाहिन्न भन्ने जनमत बढ्न थालेको छ । नेपाली जनताले प्राप्त गरेको प्रजातान्त्रिक अधिकारको उचित सम्मान, मूल्याङ्कन हुन नसकेको महसुस गरिँदै छ ।

गणतन्त्रको १८ वर्षको बिचमा जनतामा आशा र विश्वास भन्दा पनि निराशा र कुण्ठाको अवस्था सिर्जना हुनु राम्रो सङ्केत होइन । २०७२ सालमा नयाँ संविधान जारी भएपछि संविधानले निर्धारण गरेको लक्ष्य बमोजिम राज्यले देशले जुन उपलब्धि हासिल गर्न सक्नुपर्थ्यो तर त्यो कार्यदिशामा राज्य असफल भएको छ । त्यहीनेर जनताको गुनासो उठ्न थालेको छ । यही कमजोरीबाट अनेक प्रकृतिका खेल बन्न थालेको र अनेकौँ प्रकारका षड्यन्त्र हुन थालेको आभास हुन थालेको छ । अहिले गणतन्त्रविरुद्ध आवाज उठ्न थालेका छन् । गणतन्त्र दिवसकै अवसरमा यो व्यवस्थालाई संस्थागत गर्ने सवालमा एक पटक फेरी मुलुकले काँचुली फेर्नुपर्ने अवस्था आएको छ । फेरि एक पटक राष्ट्रसामु उपस्थित चुनौतीहरूको सामना गर्नका लागि गम्भीर ढङ्गले बहस गर्नु आवश्यक छ ।

नेताहरूले पनि एक पटक कहाँनिर चुक्यौँ भन्ने गम्भीर डङ्गले समीक्षा गर्नु जरुरी छ । निश्चित रूपमा गणतन्त्रको अर्को विकल्प छैन । त्यस अनुसार आफ्ना आचरण र व्यवहारमा रूपान्तरण गर्ने विषयमा ढिलाइ गरिनुहुँदैन । अर्कोतर्फ अबका दिनमा राष्ट्रका महत्त्वपूर्ण मुद्दामा राजनीतिक दलहरू एक ठाउँमा उभिएर साझा ढङ्गले दृष्टिकोण बनाउनेतर्फ अव ढिलाइ गर्नु हुँदैन । मुलुक अव पछि फर्किने अवस्था छैन । त्यो दायित्व बोध गरेर गणतन्त्र संस्थागत गर्ने दिशामा हामी सबैले एक पटक फेरी पनि सङ्कल्प गर्ने बेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?