ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

हडहियामा ‘रामग्राम होमस्टे’

१५ जेष्ठ २०८२, बिहीबार
१५ जेष्ठ २०८२, बिहीबार

सुनवल, १५ जेठ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर–१४ मा रहेको हडहिया पोखरीमा घर वास (होमस्टे) निर्माण हुने भएको छ । जसका लागि लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्य र रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको उपस्थितमा उक्त सम्झौता भएको हो ।

कुल २ करोड रुपैयाँ बराबरको सम्झौता रकममा ९२ लाख रुपैयाँ रामग्राम नगरपालिकाको लागत साझेदारी रहने छ भने बाँकी १ करोड ८ लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउने छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्थानीय शासन सबलीकरण कार्यक्रममा व्यवस्था रहेको नवप्रवर्तन साझेदारी कोषको माध्यमबाट प्रदेश तथा स्थानीय तहको सह लगानीमा नवीनतम परियोजनाहरू सञ्चालन गरी नवपर्वतनलाई संस्थागत गर्न रामग्राम नगरपालिका सँग उक्त सम्झौता गरिएको मुख्यमन्त्री कार्यालयका उपसचिव मोहन अर्यालले जानकारी दिए ।

थारु समुदायको बाहुल्य रहेका उक्त क्षेत्रमा जीविकोपार्जनमा टेवा पु¥याउँदै स्थानीय स्तरमा रोजगारी सृजन गर्न उक्त सम्झौता कोसे ढुङ्गा साबित हुने रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले बताए । पर्यटन प्रवर्द्धन गर्दे स्थानीय स्तरमा रोजगारी सृजना गर्न नयाँ परियोजना सञ्चालनको योजना बनाए पनि बजेट अभावका कारण समस्या हुँदै आएकोमा प्रदेश सरकार सँगको समन्वयमा होमस्टे सहितको कार्यक्रम सञ्चालन गर्न सम्भव भएको नगर प्रमुख यादवले बताए ।

तहगत रूपमा रहेका सरकारले स्थानीय तहसँग साझेदारी गर्दे नवितम कार्यक्रम सञ्चालन गर्न सके स्थानीय जनताको जीवनस्तर सुधार हुनुका साथै पर्यटन प्रवर्द्धन मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने नगर प्रमुख यादवको भनाइ छ । सो क्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माण कार्य समयमै सम्पन्न गरेर रामग्राममा नमुना घर वास कार्यक्रम संञ्चलान गर्न आग्रह गरे । स्थानीय सरकार सँग साझेदारी गर्दै प्रदेश सरकार अगाडि बढ्न तयार रहेको बताउँदै उनले स्थानीय तहको सक्रियताले ठुला योजना सहज रूपमा कार्यान्वयन गर्न सम्भव हुने बताए । हडहिया पोखरीमा होमस्टेसँगै पोखरी सौन्दर्यीकरण गर्दे स्थानीय आयआर्जन गर्न कार्यक्रम संञ्चलान गर्ने गरी सम्झौता गरिएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?