Butwal Today

सुनको मूल्य १ हजार ६ सय रुपैयाँले घट्यो

१४ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौँ ।

आज सुनको भाउमा अचानक ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ८९ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ। हिजो सुनको भाउ तोलाको एक लाख ९० हजार नौ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, आज चाँदीको भाउमा भने सामान्य वृद्धि देखिएको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ९५ रुपैयाँ थियो।