ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

महिला स्वास्थ्यको जोखिम र चिन्ता 

१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार
आज विश्व महिला स्वास्थ्य दिवस । हरेक वर्ष मई २८ को दिनमा यो दिवस मनाउने गरिएको छ । नेपालमा पनि यो दिवस मनाउने औपचारिकता पूरा गरिँदै आइएको छ । हरेक वर्ष महिला स्वास्थ्य दिवस मनाई रहँदा महिलाहरूको स्वास्थ्य अधिकारको ग्यारेन्टी गर्नुपर्ने नारा अहिलेदेखि मात्र होइन धेरै वर्ष अघिदेखि नै उछालिदै आएको छ तर महिलाहरू अपेक्षित स्वास्थ्य अधिकारको पहुँचबाट नै वञ्चित भइरहेका छन् । अहिले पनि महिलाहरूको स्वास्थ्य पुरुषको तुलनामा कमजोर छ । उनीहरूको स्वास्थ्यमा पहुँच अझै पुग्न सकिरहेको छैन । महिला हुनुकै नाताले अनेक रोगहरूको सामना खेप्नुपरिरहेको छ । महिलाहरूमा पुरुषको तुलनामा धेरै रोगको जोखिम हुने गर्दछ । त्यसैले महिला स्वास्थ्य दिवसको अवसरमा महिलाहरूलाई स्वास्थ्यको पहुँचमा राख्नु जरुरी छ । प्रजनन अधिकार महिलाहरूको प्रकृतिले दिएको अधिकार हो तर यही अधिकार महिलाहरूका लागि स्वास्थ्य समस्या पनि हुने गरेको छ ।
यो दिवस मनाउँदै गर्दा नेपालमा अहिले करिब ७ लाख महिलाहरू पाठेघर झर्ने समस्याबाट ग्रसित छन् । पाठेघर झर्ने समस्या लिएर पुग्ने मध्ये अधिकांश महिला ३५ वर्ष भन्दा बढी उमेरका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ६ लाखमध्ये अधिकांश महिला सानैमा विवाह भएका, प्रजनन अङ्ग सक्षम नहुँदै आमा बनेका, धेरै सन्तान जन्माएका, सुत्केरी भएको बेलामा जटिल काममा लाग्न बाध्य भएकाहरूमा स्वास्थ्य समस्या बढी देखिएको छ । यसको असर ढाड दुख्ने, तल्लो पेट दुख्ने, बसेर काम गर्न नमिल्ने हुँदै जाँदा पाठेघर झरेको थाहा भएको भेटिएको थियो । पछिल्लो समय यो भयावह रोगका रूपमा देखा परिरहेको छ । त्यसै गरी स्तन क्यान्सर पनि महिला स्वास्थ्यका लागि चुनौती बन्दै आएको छ । स्वास्थ्यमा पहुँच नभएका महिलाहरूका लागि यी रोग जोखिम बन्दै गएका छन् । समयमा चेकजाँच नगर्ने तथा रोग लागेपछि पनि बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको छ । स्वास्थ्य अधिकारकै कुरासँग अरू धेरै सवाल पनि जोडिएर आएका छन् । मुलुकको परिवर्तनको लागि सङ्घर्ष गरेका महिला घाइते भएर ढल्दा पनि राज्यले बेवास्ता गर्दै आएको छ ।
तसर्थ महिलाहरूको स्वास्थ्य अधिकारका लागि अव महिलाहरू स्वयं उठ्नुपर्ने आवश्यकता छ । मुलुकको परिवर्तनको खातिर महिलाहरू जहिले पनि सडकमा उत्रिएकै छन् । अव आफ्नै स्वास्थ्य अधिकारका लागि महिलाहरू आन्दोलित हुनु जरुरी छ । हरेक क्षेत्रमा महिलालाई अघि सारेर उनीहरूलाई प्रयोग मात्र गरिन्छ । उनीहरूलाई अधिकार दिने कुरा आउँदा सधैँ विभेद हुन्छ । त्यही विभेदमा स्वास्थ्य अधिकारको विभेद पनि पर्दछ । यद्यपि महिलालाई उच्च स्थान दिन कन्जुस्याइँ गरे पनि महिलाको प्रतिनिधित्व हरेक क्षेत्रमा हुने गरेको छ । वास्तवमा महिलाहरू हरेक क्षेत्रमा पुरुष बराबर काम कर्तव्यमा अगाडी बढेका छन् । यो सबै भए पनि निर्णायक र नेतृत्व तहमा महिलाको सहभागिता बढ्न सकेको छैन । अहिले पनि महिला कमजोर हुन्छन्, गर्न सक्दैनन् भन्ने जस्ता सोचाइमा परिवर्तन हुन सकिराखेको छैन ।
तर, महिलाहरूले देखाइदिएका छन् । हरेक क्षेत्रमा भइरहेको महिला सहभागिताले महिलाहरू कमजोर छैनन् भन्ने प्रमाणित भैसकेको छ । अव को दिनमा महिलाहरूको कमजोरीको रूपमा रहेको स्वास्थ्य समस्या समाधानमा राज्यको ध्यान पुग्यो भने महिला भएकै कारण कमजोर बन्नुपर्ने र डराउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।  नेपालको संविधानमा महिला मुक्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको भए पनि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाहरूको समान सहभागिता अझै वृद्धि हुन सकेको छैन । महिला मैत्री नीति र व्यवहारमा कमी छ । चाहे त्यो प्रशासनिक अधिकारको सवालमा होस वा समाजमा दैनन्दिन आई पर्ने अनेक पहलहरूमा पनि । स्वास्थ्यका चेतनामूलक कार्यक्रमबाट समेत उनीहरूलाई पछि पारिएको अवस्था छ । महिलाको सम्मानित भएर बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षाभित्र स्वास्थ्य अधिकारलाई पनि जोड्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?