© २०२३
काठमाडौँ ।
इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी)को चाबहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेसन फेस्ट-२०२५’ नामक शैक्षिक मेला हुने भएको छ। यही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी शैक्षिक मेला हुन लागेको हो। विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि मेला निकै लाभदायी हुने आईसीसीसीले जनाएको छ।
मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव प्राप्त हुने आईसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले बताएका छन्। यो मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभई विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र करियर उद्देश्यहरूको आधारमा निर्णय लिन सल्लाह दिनेछ। मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्व तयारी कक्षामा आकर्षक छुट तथा विभिन्न खालका उपहारहरू पनि प्राप्त गर्ने आईसीसीसीले जनाएको छ।
यही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन हुने मेलामा आईसीसीसीबाट अध्ययनका लागि विभिन्न देश गएका विद्यार्थीहरूसँग भर्चुअल अन्तरक्रियाको समेत आयोजना गरिएको छ। एक्स्ट्रा अडीनरी विद्यार्थीहरुका लागि उक्त दिन उपस्थित मात्रै भएमा पेड इनटर्नका रुपमा काम गर्न सुनौलो अवसर दिइनेछ। यो ६ महिनाका लागि लागि लागू हुनेछ भने विद्यार्थीले राम्रो काम गरेमा उनीहरूलाई जागिरकै रूपमा आईसीसीसीमा अवसर दिइनेछ। साथै उक्त दिन विभिन्न रोचक खेलसमेत खेलाइने आईसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले जानकारी दिए।