© २०२३
बर्दिया, १३ जेठ ।
बजेट सुनिश्चित भए पनि सार्वजनिक खरिद प्रक्रियाको काम ढिलासुस्तीले अघि बढ्न नसकेपछि अनिश्चित भएको छ । गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने बबई नदीमा पुल निर्माणको काम सुरु हुन सकेको छैन । जब्दीघाट पुललाई डिजाइन तथा निर्माण विधिबाट गर्नु पर्ने भएकोले ठेक्का अव्ह्वान गर्न ढिलाइ भएको सडक डिभिजन कार्यालयका प्रमुख नरेन्द्र भट्टाले बताए । पहिला ठेक्कामा कार्यालयले पुलको नक्सा डिजाइन तयार गरेर ठेक्का अव्ह्वान गर्ने गरेको थियो तर यस पटक ठेकेदारले पुलको नक्साको डिजाइन र निर्माण आफैले गर्नु पर्ने भएकोले ठेक्का गर्न ढिलाइ भएको प्रमुख भट्टाले बताए ।
पुलको ठेक्का सार्वजनिक खरिद तथा अनुगमन कार्यालय केसर महल काठमाण्डौँको पोर्टल प्रयोग गरेर इल्यिन्दर विडिंग जडाकुमेन्ट अन्तरगत ठेक्का हुने भएको छ । उक्ता कार्यालयको पोर्टल प्रयोग गरेर ठेक्काको अव्ह्वान हुने भएको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका निर्देशक तथा सूचना अधिकारी पवन राज कोइरालाले बताए । उनले भन, सडक डिभिजन कार्यालयले हाम्रो कार्यालयको पोर्टल प्रयोग गरेर ठेक्का अव्ह्वान मात्र गर्न पाउने भएका हुन्छन् ।
पुललाई बढीले पूर्ण रूपमा बगाए पछि बबई नदिलाई पार गर्नका लागि दैनिक सयौँ सर्वसाधारणहरू वारपार गर्न पटके २५ रुपैयाँ तिर्न बाध्य छन् । बार बर्दिया नगरपालिका वडा नम्बर ११ की सुनिता थारुले पुल नहुँदा गुलरिया अस्पताल जान, र अन्य सरकारी कार्यालयमा जाँदा निकै समस्या भोग्नु परेको बताइन । बनेको पुल भत्किए पछि ५ मिनेट बाटो पनि आधा घण्टा लाग्ने गरेको छ । बिरामी हुँदा वा अन्य काममा जाँदा धेरै समय खर्च हुन्छ । नदीमा आवतजावत गर्न समेत पनि पैसा तिर्नुपर्छ उनले बताइन ।
त्यसैगरी बार बर्दिया नगरपालिका वडा नम्बर १० का खुसी राम थारुले बिरामी भएर अस्पताल जानु परेमा नदी तरेर जानुपर्छ । रातमा कोही बिरामी हुँदा झनै समस्या हुन्छ रातमा कमजोर तरिकाले बनेको काठे पुललाई आउन जान जोखिम हुन्छ । भने काठे पुलमा हिँड्न समेत झन् समस्याको भएको थारुले बताए ।बार बर्दिया नगरपालिका वडा नम्बर ४ रामपुरका बाशुदेव ज्ञवालीले बर्खा याममा डुङ्गा राखेर यात्रा गर्दा निकै जोखिम हुने गरेको बताए । उनले भने, ‘घर आउँदा जाँदा साथमा मोटरसाइकल दुई वटा छोरा हुन्छन् । मोटरसाइकलको सुरक्षा गर्ने की छोराहरूको । मनमा सधैँ त्रास हुन्छ । नदी वारपार गर्न समेत जोखिम हुन्छ ।’
उक्त पुल पार गर्न बार बर्दियाले ठेक्का सञ्चालन गरेको छ । वर्षा याममा बबई नदीमा डुङ्गाबाट वारपार गर्नु पर्ने बाध्यता छ । पूर्व पश्चिम राजमार्गको रम्मापुरदेखि गुलरियाको रजनवासम्म २३ किमी पक्की सडक चार वर्षअघि निर्माण सम्पन्न भइसकेको छ । गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दी पुल निर्माण हुन नसक्दा स्थानीयले सास्ती भोग्नु परेको छ ।
पुल भासिएको पनि सात वर्ष भन्दा बढी समय हुँदा समेत निर्माण हुन नसकेको बार बर्दिया नगरपालिका ५ का वडा अध्यक्ष लालबहादुर चौधरी बताए । उनले पटक पटक मन्त्री र सांसद आएर पुल निर्माण गर्ने प्रतिबद्धता गरे पनि आजसम्म पुल निर्माण हुन नसकेको बताए । तर अहिले बजेट जब्दीकाघ पुलको नाममा बजेट विनियोजित भए पनि ठेक्का प्रक्रिया अगाडी बढ्न नसकेको जानकारी पाएको छु ।
बार बर्दियाका नगरपालिकाका अध्यक्ष छविलाल थारुले पुल निर्माणको लागि यस वर्ष एक करोड सङ्घीय सरकारले बजेट छुट्टाए जानकारी दिए । उनले पुल भत्किए पछि पुल निर्माण गर्ने कम्पनीलाई अख्तियारमा मुद्दा परेको कारण सो स्थानमा पुल बन्न नसक्ने भन्दै सरकार बार बर्दिया ११ र गुलरिया ४ जोड्न सोही नदीको आसपासमा बबई नदी पुल भनेर योजना अगाडि बढाइएको थियो र बजेट पनि विनियोजित भएको अवस्था छ तर प्रविधिक कारणले ठेक्का अव्ह्वान हुन सकेको छैन ।
सरकारले व्यवस्थापन गरेको बजेट पुल निर्माणका काम अगाडि बढ्न सक्दैन । पुल निर्माण गर्नका लागि थप बजेटको व्यवस्था पुल निर्माण काम बढाउन नगरपालिका अध्यक्ष थारुले आग्रह पनि गरे ।’ करिब चार सय २५ मिटर पुल हस्तान्तरण नहुँदै २०७४ साउन २९ गते पुलका दुई वटा स्पान भासिएको थियो । पुलको स्पान भासिएको भए पनि पुलबाट साना सवारीसाधनका, मोटरसाइकल, साइकल, अटो सहज रूपमा ओहोरदोहोर गर्दै आएका थिए । २०७९ असोज २२ गते आएको बाढीले पुलको तीन वटा स्पान बगाए पछि आवतजावत नै पूर्ण रुपमा बन्द भएको छ ।
जसका कारण स्थानीय वासीहरू जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । स्थानीयले आवतजावत गर्न काठको पुल प्रयोग गर्नु परेको छ । गुलरिया र बार बर्दिया नगरपालिका जोड्न जब्दी घाटमा निर्माण भएको पुल बाढीले भत्काएयता सास्ती खेप्न बाध्य छन् । उक्त पुल पप्पु कन्स्ट्रशनले निर्माण गरेको थियो । भत्किएको पुलको विषयलाई लिएर विवाद अदालतमा पुगेपछि उक्त पुलको काम अगाडि बढ्न सकेको थिएन ।
यस पटक भने बढीले बगाएको पुलको ठाउँमा नभएर पुरानो पुलको छेउमा ४ सय मिटरको पुल बन्ने डिपिआर भएको छ । उक्ता पुल एक अर्ब १९ करोडको लगानीमा बन्ने भएको छ ।