ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

डेँगु नियन्त्रणमा पूर्व सतर्कता जरुरी 

११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

यो वर्ष बर्षायाममा नेपालमा सरदरभन्दा बढी पानी पर्ने र गर्मी पनि उच्च हुने प्रक्षेपणसँगै डेँगु सङ्क्रमण पनि थप बढ्न सक्ने भएकोले समयमै सचेत बन्न स्वतथ्यकर्मीहरूले गरेको आग्रह शिरोधार्य गर्नुपर्ने अवस्था देखिएको छ । जल तथा मौसम विज्ञान विभागले यस पटकको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेसँगै डेँगु सङ्क्रमणको जोखिम पनि बढ्ने अनुमान गरिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यद्यपि अहिलेसम्म गएको वर्षको तुलनामा अहिले डेँगुको कम सङ्क्रमण देखिएको छ । यद्यपि अनुकूल वातावरण अब बन्दै जानेछ । त्यसै अनुसार पूर्व तयारी र सतर्कता अपनाउनु पर्ने आवश्यकता देखिएको छ । अघिल्लो वर्ष सन् २०२४ मा डेङ्गी सङ्क्रमण देशभर फैलिएको थियो । त्यसबाट १५ जनाको ज्यान गएको थियो भने झन्डै ४२ हजार जना सङ्क्रमित भएका थिए ।

यो वर्ष पनि जोखिम बढ्ने देखिएकोले अबको ५–६ महिना सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ । गत वर्ष ठिक यही बेला नेपालका ६९ वटा जिल्लामा सङ्क्रमण पुष्टि भएको थियो । डेँगुको सङ्क्रमण बढ्ने अनुमानसँगै नियन्त्रणको अभियानमा भने यो वर्ष ढिलाइ भइरहेको छ । स्वास्थ्य कार्यालय तथा पालिकाहरूले हरेक वर्ष यही बेला लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गर्थे तर यो वर्ष अहिलेसम्म त्यो अभियानको छेउ टुप्पो लागेको छैन । चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन सुझाव दिएका छन् । स्वास्थ्यकर्मीहरूले लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँ सफा गर्ने, पानी राख्ने भाँडाहरू बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्न आग्रह गरेका छन् ।

मौसमविद्हरूले नेपालमा अबको केही दिनभित्रै औपचारिक रूपमै मनसुन प्रवेश गर्न लागेको बताई रहँदा मनसुनले ल्याउने अनेक प्रकारका जोखिम नियन्त्रणमा सावधानी जरुरी छ । नेपालमा बर्सेनि डेंगुको प्रकोप बढ्दै गएको छ । यो वर्ष डेंगुले आफ्नो प्रभाव फैलाउने समय आइसकेको छ । नेपालका तराईका जिल्लाहरूमा डेंगुको सङ्क्रमण यसरी नै बढ्दै जाने हो भने यसले भयावह अवस्था सिर्जना गराउन सक्छ ।
हरेक वर्ष तराईका जिल्ला रुपन्देही, चितवन, नवलपरासी, कपिलवस्तु, दाङ, रौतहट, सर्लाही लगायतका जिल्लामा डेंगुको सङ्क्रमण बढी देखिने गरेको छ । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको ठोकाइबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ । पालिकाहरूले पनि डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान चलाउनुपर्ने छ । यद्यपि यो अभियान चलाउन ढिलाइ भैसकेको छ ।

गएका वर्षहरूमा विभिन्न जिल्लामा डेंगुको सङ्क्रमण फैलिन नदिनका लगि लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन भैसकेको थियो । अव जिल्ला स्वास्थ्य कार्यालयमात्र होइन, पालिका मात्र होइन, स्वयं प्रदेश सरकार र सङ्घीय सरकारले डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम सञ्चालन गर्नुपर्दछ । डेंगु नियन्त्रणका लागि सबैको सामूहिक प्रयत्न पनि आवश्यक छ । समाजका हरेक तह र तप्काबाट आफू बस्ने वातावरण वरपरको सरसफाइमा ध्यान दिनेतर्फ सचेत बनौँ । डेंगु भनेको लामखुट्टेले टोकेर हुने भयावह रोग हो । यसको सङ्क्रमण त्यहाँ हुन्छ जहाँ घर वरपरका गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डब्बा, अलकत्राका ड्रमहरूमा फोहोरो पानी जम्मा भएको हुन्छ । यिनै स्थानमा लामखुट्टेले फूल पार्ने सम्भावना बढी हुन्छ । जसबाट लामखुट्टेको लार्भा उत्पन्न भएर त्यहीँबाट डेंगुको सङ्क्रमण बढ्न सक्छ । तसर्थ डेंगुको जोखिम कम गर्न नियन्त्रण पूर्व तयारीमा ध्यान दिऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?