© २०२३
बुटवल, १० जेठ। रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गत रिजन पाचका रोटरी क्लबहरूको संयुक्त पहलमा कर सचेतना सम्बन्धि विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेम पोखरेलले उद्घाटन गर्दै करसम्बन्धी जानकारीमूलक प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले कर प्रणालीप्रति जनचेतना अभिवृद्धि भैरहेको भन्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन जरुरी रहेको बताए । कतिपय कर सम्बन्धी अनविज्ञतालाई उजागर गर्न कार्यक्रम सफल रहेको समेत उनको दाबी छ । कर शिक्षा, पारदर्शिता र उत्तरदायित्वका विषयमा वृहत छलफल गरिएको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जूले क्लबहरूबीचको समन्वयलाई संस्थागत गर्दै अगाडि बढ्ने प्रतिवद्धता अनुसार रचनात्मक कार्यहरुमा जोड दिदै आएको बताए । यसप्रकारको कार्यक्रमबाट साझा उद्देश्यतर्फ उन्मुख बनाउन मद्यत मिल्ने समेत उनले बताए । समुदायमा सात लक्षित क्षेत्रमा रहेर रोटरीबाट परियोजनाहरु चलाउदै आएको भन्दै सामाजिक उत्तरदायित्वका साथसाथै आर्थिक शुद्धतामा समेत टेवा पु¥याउने गरि संयुक्त रुपमा कार्यक्रम गर्न सफल भएको उनले बताए ।
कार्यक्रममा एजी खिमानन्द पाण्डेले रोटरी क्लबहरू केवल सेवा मात्र होइन, जिम्मेवार नागरिक निर्माणमा पनि भूमिका खेल्न सक्षम रहेको बताए । कर बारेको जानकारी नागरिक सचेतनाको महत्वपूर्ण आधार भएको भन्दै यस किसिमको कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिए ।
कार्यक्रममा रोटरी क्लब बुटवल चौतारीका नुमलाल पौडेलले यस्तो सहकार्यलाई निरन्तरता दिँदै आगामी दिनमा अझै उपयोगी र व्यवहारिक कार्यक्रम ल्याउने समेत बताए ।
चार्टड एकाउन्टेन्ट प्रमोद पन्थीले सहजीकरण गरेको कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटान अन्तर्गत रिजन पाचका १९ वटा रोटरी क्लबहरूका करीब २ सय बढी रोटरीयनहरु सहभागी भएका थिए । कार्यक्रममा रोटरी क्लव अफ बुटवल चौतारीले आफ्ना सदस्यहरुलाई उल्लेख्य मात्रामा सहभागी गराएको थियो ।