© २०२३
बर्दघाट, १० जेठ ।
शुक्रवार राती ११ बजेदेखि अवरुद्ध दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि सडक अवरुद्ध बनेको थियो । खुर्सानी खोलामा आएको बाढीले सडक भत्काए पछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । बिहान करिब ७ बजेबाट भस्किएको सडक मर्मतको काम सुरु भएको थियो ।
तत्कालका लागि एकतर्फी बाटो सञ्चालन गरी सवारीलाई गन्तव्यतर्फ पठाउने र ट्राफिक व्यवस्थापन भएपछि थप मर्मतका काम निर्माण कम्पनीले जारी राख्ने इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र वानियाले जानकारी दिए ।
दाउन्ने सडक खण्ड केहिदिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ ।