© २०२३
दाङ, ७ मंसिर ।
दाङमा स्कुल बसको ठक्करबाट १५ महिनाकी बालिकाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ९ नयाँबस्तीमा स्कुल वसको ठक्करबाट बालिकाको ज्यान गएको हो ।
नारायणपुरबाट विद्यार्थी छोड्न गाउँ गएको बाल प्रतिमा बोर्डिङ स्कुलको रा १ ख १८५५ नम्बरको वसको ठक्करबाट १५ महिनाकी पुष्पा बिकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको र बस चालकलाई सम्पर्कमा नरहेकाले खोजी कार्य भईरहेको उनले बताए । मंगलबार बेलुकी करिव ५ बजेतिर भएको उक्त घटना बसको तीव्रगतिका कारण भएको बताइएको छ ।