ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

तेस्रोपटकमा ठडियो ‘झेँदी पुल’

झेँदी खोला पुल निर्माणका लागि ०७३ सालमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीले शुरु गरेको थियोे । पाँच करोड १७ लाख रुपैयाँको लागतमा पुल निर्माणको अन्तिम चरणमा पुग्दा भाँचिएपछि वर्षौसम्म अलपत्र परेको थियो ।
९ जेष्ठ २०८२, शुक्रबार
९ जेष्ठ २०८२, शुक्रबार

गुल्मी, ०९ जेठ ।
दुई पटकसम्म ढलान गरेपछि भाँचिएको गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बडिगाड खोलाको झेँदीमा निर्माण गरिएको पुल तेश्रो पटकमा निर्माण सम्पन्न भएको छ । गुल्मीको मुसिकोट नगरपालिका–३ को बडागाउँ र –७ को वामी जोड्ने झेँदी पुल झण्डै दश वर्षपछि डिजाइननै परिवर्तन गरी तेश्रो पटकमा निर्माण सकिएको हो ।
स्विस सरकारको पाँच करोड १७ लाख ५० हजार ६६५ रूपैयाँको लागतमा जलप कन्ट्रक्सन प्रालिले भर्खर मात्र पुल निर्माणको काम सम्पन्न गरेको हो । उक्त पुलको पछिल्लो समयमा ०७९ वैशाख १९ गते पुल निर्माण सम्झौता भएको थियो । सम्झौता अनुसार पुल निर्माणको काम अहिले सम्पन्न भैसकेको मोटरयोग्य सडक पुल कार्यक्रम (एमएलआरबिपि) ललितपुरका इन्जिनीयर श्रीराम प्रजापतिले बताए ।

निर्माण गरिएको पुल स्टिल ट्रस कम्पोजिट ब्रिज हो । बडिगाड खोलामा निर्माण भएको झेदी पुलको लम्बाई ५६.३० मिटर रहेको छ । नेपालमा यस्ता प्रकारका पुलहरू कमै मात्रमा निर्माण गरिएको भएको इन्जिनियर प्रजापतिले बताएका छन । उनले पक्की पुल निर्माण गर्न समस्या भएको ठाउँमा मात्र यस्तो प्रकारको पुल निर्माण गरिने गरेको जानकारी दिए । झेँदी खोला पुल निर्माणका लागि ०७३ सालमा तत्कालिन जिल्ला प्राविधिक कार्यालय गुल्मीले शुरु गरेको थियोे । त्यतिबेला वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले पाँच करोड १७ लाख रुपियाँको लागतमा पुल निर्माणको सम्झौता गरे पनि उक्त पुल अन्तिम चरणमा पुग्दा भाँचिएपछि वर्षौसम्म अलपत्र परेको थियो । झेँदी खोला पुल ०७६ र ०७७ सालको वैशाख महिनामा अन्तिम चरणमा पुगेपछि दुई पटकसम्म भाँचिएको थियो ।

करोडौंको संरचना दुई पटकसम्म नोक्सान हुँदा स्थानीयहरूसँगै निर्माण व्यावसायीहरू पनि ठूलो मर्कामा परेका थिए । स्थानीयहरूको पुल बन्ने सपना पनि अधुरो बनेको थियो । ढलान भैसकेपछि अब तरौला भन्दै गर्दा दुई–दुई पटकसम्म पुल भाँचिदा स्थानीय पनि निराश बनेका थिए । मुसिकोट नगरपालिका–३ का अनन्तराम भण्डारीले अब त्यस क्षेत्रका नागरिकहरूको पुल तरेर वारीपारी गर्ने सपना पुरा भएको बताए । “दुई पटकसम्म भत्किदा पुल बन्ने सपना अधुरो बनेको थियो, त्यसले यस क्षेत्रको विकासलाई पनि ८-१० वर्ष पछाडि धकल्यो अबत पुल बन्यो धेरै सजिलो हुनेभयो, निकै खुसि लागेको छ,” भण्डारीले भने ।

पुल भाँचिदा ०७३ सालको बाढीले नजिकैको झोलुङ्गे पुलमा पनि ठूलो क्षति पुराएको थियो । स्थानीयहरू त्यही पुलबाट वर्षौसम्म जोखिमपूर्ण यात्रा गर्दै आईरहेका थिए । पुल बन्ने आशमा कैयौं स्थानीयले घर जोखिममा पारेर सडक निर्माण गरे । दुई पटक पुल भत्किएपछि उनीहरूको आशा र सपना पनि त्यत्तिकै पुलसँगै अलपत्र बनेका थिए । पुल निर्माणमा मुसिकोट नगरपालिकाले पनि पटक पटक प्रदेश र संघमा घच्घचाउँदै आउनु परेको मुसिकोट नगरपालिका प्रमुख जीवन खरेलले बताए । “हामी सबैको चासो, चिन्ता र दौडधुपको कारण तीन पटकमा पुल निर्माण गर्न संभव भएको हो,” उनले भने । नगर प्रमुख खरेलले दुई पटकसम्म पुल भत्किएकोे हुँदा कहिले बन्ला भन्नमो सबैको चासो र चिन्ताको विषय बनेको बताए । पुल निर्माण भएसँगै त्यस क्षेत्रका हजारौं नागरिकहरूलाई सदरमुकाम तम्घास आवत जावतका लागि छोटो दुरीले थप सहजता पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?