© २०२३
काठमाडौं ।
साताको अन्तिम दिन बिहीबार नेपाल शेयर बजारमा सकारात्मक संकेत देखिएको छ। बजार परिसूचक १९.१४ अंकले बढेर २,६८८.९१ अंकमा पुगेको छ। कारोबार रकम पनि उल्लेख्य रहँदै ९ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको १० अर्ब ४५ करोडको तुलनामा थोरै कम हो।
बिहीबारको कारोबारमा १०४ कम्पनीको शेयर मूल्य बढ्दा १४२ कम्पनीको घट्यो, भने एक कम्पनीको मूल्य स्थिर रह्यो। समग्र सूचकभन्दा पनि ठूला कम्पनीहरू प्रतिनिधित्व गर्ने सेन्सेटिभ इन्डेक्समा उल्लेखनीय वृद्धि देखिएको छ।
समूहगत सूचकमा खासगरी बैङ्किङ समूह ३.९४%, लघुवित्त २.६१%, म्युचुअल फन्ड ०.१७%, र निर्जीवन बिमा समूह ०.०४% ले वृद्धि गरेका छन्। यता, होटल तथा पर्यटन समूहमा भने २.७८% को गिरावट देखिएको छ, जुन सबैभन्दा धेरै हो।
आजको कारोबारमा मेगा फर्मास्युटिकल्सको शेयरमा सकारात्मक सर्किट लागेको छ, भने वाराही हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको हो। कारोबार संख्याको आधारमा ङादी ग्रुप पावर सबैभन्दा अगाडि रह्यो, जसले आजको दिन बजारमा उच्च चासो बटुल्यो।