ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

खोला निकासी रोकिँदा निर्माण सामग्रीको अभाव

८ जेष्ठ २०८२, बिहीबार
८ जेष्ठ २०८२, बिहीबार

नवलपरासी, ०८ जेठ ।
जिल्लामा खोलानालाबाट खोलाजन्य निकासी रोकिँदा विकास निर्माणका लागि आवश्यक निर्माण सामग्री अभाव देखिएको छ । वन क्षेत्र भित्र रहेका खोलाहरूका खोलाजन्य सामग्रीको निकासी गर्ने अधिकार स्थानीय सरकारलाई नभएको भन्दै सुनवल नगरपालिका स्थित खोला निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण सामग्रीको आपूर्तिमा समस्या देखिएको हो । जिल्ला भित्र खोलाजन्य सामग्री (ग्राभेल, गिट्टी र बालुवा र ढुंगा) निकासीमा अवरोध सृजना भए पश्चात यस्तो समस्या देखिएको निर्माण ब्यवसायीले बताएका छन् । जिल्लाको सिमावर्ति क्षेत्रमा करोडौको सडक आयोजना निर्माणाधिन छन् तर सामग्री अभावले ती सडकका काम गर्ने समस्या देखिन थालेको जिल्ला स्थित निर्माण ब्यवसायी रविन्द्र पटेलले बताए । ती आयोजनाहरूमा स्थानीय सामग्री प्रयोग गर्ने गरि स्टिमेट गरिएका छन्, उनले भने, नजिकका खोलानालाबाट निकासी नहँुदा निर्माण सामग्रीको प्राप्ती गर्न समस्या देखिएको छ । टाढाबाट मगाउँदा ढुवानी लागत बढ्छ । पुनलागत अनुमान गराउन प्राविधिक मान्दैनन, निर्माण ब्यवसायीले कसरी काम गर्ने ? वन क्षेत्रको निर्माण सामग्री यदि डिभिजन वन कार्यालयले स्थानिय तहलाई झिक्न दिँदैन भन्ने आफै झिकेर आपूर्ति ब्यवस्था मिलाउन प¥यो,उनले थपे, अवरोध मात्रै गरेर हुँदैन । ब्यवस्थापन गुर्न पनि सरोकारवाला निकायको दायित्व हो ।

कतिपय अवस्थामा अबैध भण्डारण गरिएका सामग्री केही निर्माण ब्यवसायीले प्रयोग गरी सडक बनाई दिए पनि बिल भुक्तानी माग गर्नका लागि भ्याट बिल पाउन गाह्रो भएको एक निर्माण ब्यवसायीले बताए । भ्याट बिल दिनका लागि निर्माण सामग्री आपूर्तिकर्तासँग खरिद गरेको वा प्राप्तिको स्रोत उल्लेख गरि स्टक मेन्टेन हुनुपर्छ । खरिदै नभई बिक्री बिल बिजक कसरी जारी हुने समस्या देखिएको उनले सुनाए । यसका लागि पनि खोलाबाट निकासी खुलाउन आवश्यक रहेको देखिएको छ । सुनवल नगरपालिका भित्रका करोडौको खोलाजन्य निकासी खोलाउन नगरपालिकाले पहल गर्दा नगरपालिकालाई वनक्षेत्र बाहिरका खोलाजन्य सामग्रीको निकासी गर्न पाउने भए पनि बनक्षेत्र भित्रको अधिकार स्थानीय सरकारलाई नदिइएको डिभिजन बन अधिकृत जिवन पंगेनीले जानकारी गराएका थिए । वन ऐन अनुसार नै स्थानीय सामुदायिक बनहरू मार्फत पनि दैवि प्रकोप उद्वार समितिको निर्णयको आधारमा खोलाजन्य निकासी गराउन सक्ने आधार हुन सक्ने भएकोले त्यसका लागि कार्ययोजना बनाई निकासी गरिने उनले बताएका थिए । उनले नेपालको संविधानको अनुसूची र वन ऐनको प्रावधानबारे जानकारी गराउँदै संविधान र ऐनले बन क्षेत्र भित्रको खोलाजन्य समाग्रिको ब्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार अन्तरगतको डिभिजन वन कार्यालयलाई नै रहेको देखाए ।

स्थानीय सरकारको रूपमा रहेका गाउँपालिका र नगरपालिकाले खोलाजन्य सामग्री निकासीका लागि वातावरण प्रभाव मूल्यांकन गराउने र सोहीअनुसार जिल्ला समन्वय समितिबाट अनुगमन गराई निकासी गर्ने कार्य विगतमा गर्दै आएको भएपनि अब देखि ती कार्य गर्न नहुने उनको भनाइ थियो । संविधानको धारा ५७ को उपधारा २, धारा १६२ को उपधारा ४, धारा १९७ को उपधारा ३, र धारा२३२ को उपधारा ७ धारा २७४ को उपधारा ४ र धारा २९६ को उपधारा ४ सँग सम्बन्धी प्रदेशको अधिकार सुचीको विषयमा बुदा नं.५ र बुदा नं.१९ अनुसार संवैधानिक अधिकार रहेको देखाएका थिए । बुदा १९ मा प्रदेश भित्रका राष्ट्रि बन,जल उपयोग तथा वातावरण ब्यवस्था उल्लेख भएका छन् । त्यसैगरी वन ऐन को परिच्छेद १७ को विविध अन्तरगत दफा ८८ को उपदफामा बन क्षेत्र भित्रको खोला खोल्सी ब्यवस्थापनको ब्यवस्था अनुसार राष्ट्रिय बन क्षेत्रबाट नदीजन्य पदार्थले बन क्षेत्र, वातावरण, बस्ती, खेतीपातीमा नकारात्मक प्रभाव पार्ने अवस्था पहिचान भई बन क्षेत्र भित्र रहेका खोला खोल्सी खहरेको ब्यवस्थापन गर्नुपर्ने भएमा यस खालको ब्यवस्थापनबाट उत्पादन हुने नदीजन्य पदार्थको संकलन ब्यवस्थापन र विक्रि वितरण डिभिजन बन कार्यालयबाट गरिने छ, भनि उल्लेख गरिएको छ ।

त्यसै गरि उक्त दफाको उपदफा २ मा बनक्षेत्र भित्र रहेका खोला खोल्सी खहरेको ब्यवस्थापनका लागि तयार पारिएको वातावरणीय अध्ययन प्रतिवेदन निर्देशनालयको सिफारिसमा मन्त्रालयले स्वीकृत गर्नेछ र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा औल्याइएका सुझाव कार्यान्वयन गर्ने गराउने जिम्मेवारी सम्बन्धित डिभिजन बन कार्यालयको हुनेछ, भनि उल्लेखित छ । यसै गरि सोही दाफाको उपदफा ३ अनुसार खोला खोल्सी ब्यवस्थापन गर्दा संकलित नदीजन्य पदार्थ को बिक्री वितरणको लागि लिइने शुल्क प्रदेश सरकारले तोके बमोजिम हुनेछ र त्यस्तो आय डिभिजन वन कार्यालय मार्फत प्रदेश सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ, भनि उल्लेखित गरिएको छ ।
सुनवल नगरपालिका भित्रका तुरिया खोलाको खण्ड १, खण्ड २ चुरे भित्र पर्छ । खण्ड ३ र खण्ड ४ मात्रै चुरे बाहिर छ । बिसासय खोला ७ वटै खण्ड चुरे भित्र पर्छ । विसासय कै खण्ड २ क पनि चुरे क्षेत्रमा छ । उक्त खोलाको खण्ड ख २ को ख मात्रै चुरे बाहिर छ । भुमही खोलाको दुई वटा खण्ड चुरे बाहिर रहेको छ । यी खोलाबाट सुनवल नगरपालिकाले झण्डै ६० हजार घनमिटर खोलाजन्य सामग्रीको निकासी गर्न सहमति जुटाउन खोजेको छ । त्यसमा डिभिजन वन अधिकृतले निकासी गर्ने क्षेत्रको जिपिएस कोड हेर्दा वनक्षेत्र पर्ने भएकोले हस्ताक्षर गर्न नमानेका कारण खोला निकसी रोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?