ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

एनसेल र जीएसएमएसँग सहकार्य

७ जेष्ठ २०८२, बुधबार
७ जेष्ठ २०८२, बुधबार

काठमाडौं, ०७ जेठ ।
एनसेलले अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरणलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्दै जीएसएमएले जारी गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवद्र्धन गर्ने सिद्धान्तहरूमा हस्ताक्षर गरेको छ ।जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरूको छाता संगठन हो । जीएसएमएका यी सिद्धान्तहरूले डिजिटल समावेशीकरण प्रवद्र्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकहरूलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्दछ । जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाहरूको पहुँच र यसका अवसरहरूबाट पाइने लाभ समान रूपमा सुनिश्चित गराउन पर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । यी सिद्धान्तहरूमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी हो ।

यो उपलब्धिले एनसेलका हाल जारी विभिन्न पहल तथा प्रयासहरूलाई थप बलियो बनाउँछ । यस्ता कार्यहरूमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सधैं अन योजना अन्तर्गत डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्रहरू, पूर्ण रूपमा अपाङ्गता मैत्री कार्यालय संरचना, नेपालका पारा खेलाडीहरूलाई सशक्त बनाउने सहकार्य लगायतका पहलहरू समावेश रहेका छन् । एक अग्रणी जीएसएम मोबाइल सेवा प्रदायकको रूपमा, एनसेलले समावेशीकरण, दिगोपन, र उद्देश्यप्रेरित नवप्रवर्तनका कार्यहरूमा केन्द्रित रहँदै आएको छ । अब एनसेलले आफ्ना सेवाहरूको पहुँचलाई अझै सहज बनाउँदै लैजाने, समावेशी ग्राहक अनुभव प्रवद्र्धन गर्ने, र समुदायहरूसँग सहकार्य गर्दै सकारात्मक प्रभाव सिर्जना गर्ने जस्ता कार्यहरू गर्दै जाने छ ।

एक हस्ताक्षरकर्ता रूपमा, एनसेलले एक्सेसिबिलिटी अर्थात पहुँच योग्यतालाई आफ्नो संस्थागत रणनीतिमा समावेश गर्ने, समावेशी सेवा तथा सुविधाहरू डिजाइन गर्ने र अपाङ्गता भएका व्यक्तिहरूको समुदायसँग सक्रिय रूपमा संलग्न भई उनीहरूको विशेष आवश्यकतालाई बुझ्न र समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको छ । “हामीले केवल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौं, हामी मानिसहरूलाई सशक्त बनाइरहेका छौं । जीएसएमएसँग अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवद्र्धन गर्ने यी सिद्धान्तहरूमार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्न महत्वपूर्ण कदम अगाडि बढिइरहेका छौं । हातेमालो गर्दै, हामीले डिजिटल दुनियामा सफल हुने समावेशी र सशक्त समाज निर्माण गर्ने लक्ष्य राखेका छौं ।” एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।यस सहकार्यसँगै, एनसेलले विश्वभरका दूरसञ्चारका अग्रणीहरूमाझ आफूलाई सामेल गराउँदै मोबाइल प्रविधिलाई अझ समावेशी बनाउन एकसाथ काम गर्ने भएको छ, जसले अपाङ्गता भएका व्यक्तिहरूलाई सेवामा कनेक्टेड मात्र नबनाई उनीहरूको सशक्तिकरणमा मद्दत प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?