ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर
प्रथम मेयर कप विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता २०८२

कान्ति माबि अन्तिम चारमा, न्यू होराईजन र नयागाउ क्वाटरफाईनलमा

६ जेष्ठ २०८२, मंगलवार
६ जेष्ठ २०८२, मंगलवार

बुटवल, ६ जेठ । बुटवलमा जारी प्रथम मेयर कप विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता २०८२ मा कान्ति माबिले दुई खेलमा लगातार जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिति बुटवलको आयोजनामा मंगलबार भएको पहिलो क्वाटरफाईनल खेलमा कान्तिले एभरेष्ट बोर्डिङ स्कुललाई १ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएको हो । यसैगरि मंगलबार नै भएको दुई खेलमा विजयी हुदै न्यू होराईजन माबि र नयागाउ माबि क्वाटरफाईनलमा प्रवेश गरेका छन । न्यू होराईजन माबिले कालिका माबिलाई ६५ रन तथा नयागाउ माबिले सुमित ईगलिस बोर्डिङ स्कुललाई ३० रनले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

नरेनापुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर एभरेष्टले बलिङ रोजेपछि ब्याटिङ गर्न मैदान उत्रेको कान्तिले निर्धारित १२ ओभरमा ७ बिकेटको नोक्सानीमा ८७ रन जोड्यो । खराब शुरुवात गरेको कान्तिका मध्यम क्रमका ब्याट्सम्यानले रन जोड्दा सम्मान जनक स्कोर खडा गरेको थियो । बिशाल मरासिनीले नटआउट २८ तथा कृष्ण अधिकारीले १३ रनको योगदान दिए । एभरेष्टका सौरभ पाण्डे र आयुष जयसवालले समान २–२ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको एभरेष्ट ११.५ ओभरमा केवल ८६ रनमा समेटियो । उसका लागि कृष्ण चौधरीले १८, रबि यादवले १५ रन जोडे पनि जितका लागि पर्याप्त भएन । कम स्कोरमा रोक्न कान्तिका बिशाल मरासिनीले ३ तथा कृष्ण अधिकारीले २ बिकेट लिए । खेलमा कान्तिका बिशाल मरासिनी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

अर्को खेलमा टस जितेर कालिका माबिले बलिङ रोजेपछि न्यू होराईजनले निर्धारित १२ ओभरमा ७ बिकेटको नोक्सानीमा ११४ रन जोड्यो । न्यू होराईजनका संगम पाण्डेले २४, सिद्धार्थ ढकालले १४ रन जोडे । कालिकाका शोभाकर सुवेदीले ३ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको कालिका ११.४ ओभरमा सबै बिकेट गुमाएर केवल ४९ रनमात्र जोड्न सफल भयो । कालिकाका लागि आशिष भण्डारीले १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न न्यू होराईजनका अब्राहम अलिले ४ तथा शुभम पाण्डेले ३ बिकेट लिए । खेलमा अब्राहम अलि प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यता वर्षाका कारण ७ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ रोज्दै नयागाउले निर्धारित ७ ओभरमा ६० रन जोड्यो । उसका लागि ओपनर सुधन पोखरेलले २७ रनको योगदान दिएका थिए । कम स्कोरमा रोक्न सुमितका समिर परियार र अफ्रिथ खानले समान २–२ बिकेट लिए । ६१ रनको लक्ष्य पछ्याएको सुमित ७ ओभरमा ७ बिकेटको नोक्सानीमा ३० रनमा समेटियो । उसका लागि ओपनर अफ्रिथ खानले ६ रन जोडे । नयागाउका बिशव रायमाझीले २ बिकेट लिए । खेलमा सुधन पोखरेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सरोजसिहले बताए । प्रतियोगितामा म्यान अफ द सिरिज ८ हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार रुपैया, मेडलबाट प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रति खेलाडी १ लाख रुपैया बिमा र क्यानको समन्वयमा प्राविधिक पक्षलाई अघि बढाईएको उनले बताए । जेठ ९ गतेसम्म संचालन हुने प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरि १७ टिमले प्रतिस्प्रर्धा गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?