© 2026
काठमान्डौँ ।
पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
यद्यपि, उनले कुन राजनीतिक दलबाट चुनाव लड्ने वा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने भन्नेबारे भने खुलाएकी छैनन् ।
आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ छ ।
श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री हुन् । शिक्षा मन्त्रीको जिम्मेवारीमा रहँदा उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । त्यसपछि उनी पार्टी राजनीतिबाट समेत निष्क्रिय रहेकी थिइन् ।