Butwal Today

न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध छुः न्यायाधीश पौडेल

१२ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले केही सञ्चारमाध्यममा आफूसँग जोडेर गलत मनसायले समाचार प्रकाशित भएको भन्दै खण्डन गर्नुभएको छ । न्यायाधीश पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख गरिएका व्यक्तिलगायत अन्य कसैसँग आफूको भेटघाट नभएको स्पष्ट पार्नुभएको छ ।

“मुद्दाको सुनुवाइको क्रममा विषयवस्तुमा छलफल गर्ने बाहेक उक्त आदेश गर्नुअघि वा पछि सो मुद्दाका पक्ष, पत्रिकामा उल्लिखित व्यक्तिलगायत अन्य कसैसँग मेरो व्यक्तिगत भेटघाट वा फोनलगायतका कुनै पनि सञ्चार माध्यमबाट कुराकानी वा सम्पर्क भएको छैन”, विज्ञप्तिमा भनिएको छ, “न्याय सम्पादनको कार्यमा निष्ठापूर्वक प्रतिबद्ध रहेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गर्दछु ।” तथ्य, प्रमाण र कानुनका आधारमा इजलासबाट मुद्दाको सुनुवाइ र आदेश भएको समेत विज्ञप्तिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?