Butwal Today

तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरण अभियानमा ग्रेट अरनिको माविको साथ

९ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-

लमही ।

दाङको तुलसीपुरमा सडक दुर्घटना न्यूनीकरण अभियानमा ग्रेट अरनिको माध्यमिक विद्यालयले हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घ, इलाका प्रहरी कार्यालय, स्थानीय सरकार, ट्राफिक प्रहरी तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा सञ्चालित अभियानअन्तर्गत गुम्र्माह चोकदेखि सल्यान रोडको खानेपानी चोकसम्म सडक डिभाइडर राखिएको छ ।

सडकलाई सुरक्षित र व्यवस्थित बनाउँदै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान अघि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?