Butwal Today

पर्यटकीय सिजनमै पोखरा–जोमसोम उडान ठप्प

५ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

पोखरा । पर्यटकीय सिजन चलिरहेका बेला पोखरा–जोमसोम हवाई सेवा पाँच महिनादेखि बन्द हुँदा मुस्ताङ जाने पर्यटक प्रभावित भएका छन्। तारा एयर र समिट एयरले विमान मर्मत, प्राविधिक समस्या तथा यात्रु संख्या घटेको कारण देखाउँदै पोखरा–जोमसोम नियमित उडान बन्द गरेका हुन्। हवाई सेवा बन्द हुँदा छोटो समयमा मुस्ताङ पुग्न चाहने पर्यटकलाई असुविधा भएको छ। पोखरा–जोमसोम उडान बन्द हुनुमा ट्विनअटर विमानको सीमित उपलब्धता पनि प्रमुख चुनौती बनेको छ। अन्य हिमाली विमानस्थलमा उडानको माग बढ्दा उपलब्ध विमान व्यवस्थापन गर्न कठिनाइ भएको बताइएको छ।

मुस्ताङ धार्मिक तथा प्राकृतिक पर्यटनका लागि लोकप्रिय गन्तव्य हो। विशेषगरी मुक्तिनाथ दर्शन र हिमाली दृश्यावलोकनका लागि पुग्ने पर्यटकले पोखराबाट हवाई यात्रा रोज्ने गरेका छन्। तर, पर्यटकीय सिजनमै हवाई सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसायमा समेत असर पर्न सक्ने देखिएको छ। नियमित उडान पुनः सञ्चालनमा आउन नसक्दा मुस्ताङको पर्यटन क्षेत्रले हवाई सेवाको पुनर्बहालीको प्रतीक्षा गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?