Butwal Today

लोकदोहोरी गायिका सुनिता सुनार कतारमा 

४ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

कतार ।

लोक तथा दोहोरी गायिका सुनिता सुनार कतार आइपुगेकी छन् । लुम्बिनी प्रदेश समन्वय परिषद्, कतार तथा आबद्ध जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा आगामी शुक्रवार हुने विजयादशमीको शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रममा आफ्नो  साङ्गीतिक प्रस्तुति दिन उनी मगंलबार साँझ कतार आइपुगेकी हुन् ।

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी गायिका सुनारलाई परिषद् कतारका अध्यक्ष सजन लौडारी, कार्यक्रम संयोजक टेक राज थापा लगायत अन्य पदाधिकारीहरूले खादा, माला तथा पुष्प गुच्छासहित स्वागत गरेका थिए ।

विजयादशमीको पावन अवसर पारेर आयोजना गरिएको सांस्कृतिक  कार्यक्रममा गायिका सुनारसँगै कतारमा रहेका स्थानीय कलाकारहरूको समेत साङ्गीतिक प्रस्तुति रहने सांस्कृतिक संयोजक राजन चापागाईँले जानकारी दिएका छन् ।

कतारमा रहेका नेपालीबिच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको परिषद्का उपाध्यक्ष तथा कार्यक्रम संयोजक टेकराज थापाले बताए ।

शुभकामना आदान प्रदान तथा साङ्गीतिक कार्यक्रममा दशैको टीका जमरा लगाउने समेत कार्यक्रम रहेको छ । आगामी शुक्रवार प्लाजा मल स्थित मेसक्याफे रेस्टुरेन्टको सभा हलमा मध्यान्ह १२ बजे देखी कार्यक्रम सञ्चालन हुने कार्य तालिका रहेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारले कतारमा रहेका सम्पूर्ण लुम्बिनी बासीलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?