Butwal Today

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

२९ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

काठमाडौँ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा सहभागी नयाँ गोरखगण १५औँ डफ्फालाई बदली गर्न नारायणदल गण १६औँ डफ्फाका २०३ शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेका छन् ।

उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २०४ जना नेपाली शान्ति सैनिक बुधबार राति स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार ६९ शान्ति सैनिक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?