Butwal Today

मणिमुकुन्द सेन उद्यानको अध्यक्षमा माधवप्रसाद नेपाल निर्विरोध निर्वाचित

२४ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समिति बुटवल फुलबारीको अध्यक्षमा माधवप्रसाद नेपाल निर्विरोध निर्वाचित भएका छन् । समितिको १६औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट नेपाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा युवराज घिमिरे र माधवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा घिमिरेले २६४, श्रेष्ठले २३६ र टिकराम शर्माले १२३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवमा महेन्द्रप्रसाद लिगल, सचिवमा बुद्धिराज थापा र कोषाध्यक्षमा मिलेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

खुला सदस्यतर्फ दीपक खड्गीले २६२, विष्णुबहादुर सिंह ठकुरीले २३४, मदनकुमार श्रेष्ठले २२६, वीरबहादुर लामाले २२३ र प्रकाशबहादुर कुमालले १९६ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

महिला सदस्यमा राजु नेपाल र कमलादेवी नगरकोटी निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, लेखा संयोजकमा महेन्द्रकुमार राजभण्डारी तथा लेखा समिति सदस्यमा विष्णुप्रसाद पौड्याल र राजेन्द्रराज अमात्य निर्विरोध निर्वाचित भएका छन् ।

बुटवल उपमहानगरपालिका–२, फुलबारी, रुपन्देहीमा रहेको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको नयाँ कार्यसमिति चयनका लागि असोज २४ गते मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?