© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ ।
बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशमा २५७, लुम्बिनी प्रदेशमा २०२, गण्डकी प्रदेशमा १८८ र बागमती प्रदेशमा २१७ मत खसेको छ ।
मतदान प्रक्रिया निर्वाध रूपमा सञ्चालन भइरहेको छ । महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन् ।