© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका रहे पनि निर्धारित समय बितिसक्दा समेत मतदान सुरु हुन सकेको छैन ।
मतदान सुरु हुनुअघि काठमाडौंको खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दुवै मतदानस्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैबीच, मतदानस्थलमा पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ। कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई पनि अहिलेसम्म खुलामञ्च र राष्ट्रिय सभागृहमा प्रवेश गर्न दिइएको छैन।
मतदानस्थल आसपासको अवस्था नियन्त्रणमा राख्न सुरक्षाकर्मी परिचालन बढाइएको छ भने मतदान सुरु हुने समयको प्रतीक्षा भइरहेको छ ।