© 2026
काठमान्डौँ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–३ निवासी अधिवक्ता तथा लेखक सरोज भट्टराईको पहिलो साहित्यिक कृति ‘कलेजी प्रेम’ लोकार्पण भएको छ ।
प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राखिएको ‘कलेजी प्रेम’मा जीवनका विविध अनुभूति तथा देश र मातृभूमिप्रतिको आत्मीय भावनालाई समेत साहित्यिक रूपमा प्रस्तुत गरिएको छ ।
आयोजित लोकार्पण समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटीको उपस्थिति रहेको थियो ।
समारोहमा साहित्यकार दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तक समीक्षकका रूपमा ‘कलेजी प्रेम’माथि आफ्ना विचार तथा दृष्टिकोण प्रस्तुत गरेका थिए ।
लोकार्पण कार्यक्रममा लेखक भट्टराईले ‘कलेजी प्रेम’लाई केवल प्रेमकथामा सीमित कृतिका रूपमा बुझ्न नहुने बताए । उनका अनुसार कृतिले प्रेम, सम्बन्ध, समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने प्रयास गरेको छ ।
‘कलेजी प्रेम’ भट्टराईको पहिलो साहित्यिक कृति हो । कृतिमार्फत उनले प्रेम र मानवीय सम्बन्धका विभिन्न आयामसँगै समाज र राष्ट्रप्रतिको भावनालाई साहित्यिक अभिव्यक्ति दिने प्रयास गरेका छन् ।