© 2026
रनिहित हुन्छ, त्यो के भने आफूले जानेपनि नजानेपनि अरूलाई निशुल्क सल्लाह दिने । कुनै विरामी भेटियो भने उसको खास व्यथा थाहा नभएपनि उसको रोगको परिचान गर्ने क्षमता आफूमा नभएपनि उसलाई यसो र उसो ओखती भन्न थालिहाल्छौं । ओखती गर्ने कुरा अनुमानले वा विना सीप बोल्नु राम्रो हुँदैन तर हामी एमविवियस डाक्टरभन्दा एक पाइला माथि रहेर उसलाई उपचारको पाठ सिकाउन बिर्सदैनौं ।
अर्को कुरा कहिले आफूसंग सम्वन्ध नभएका कुराहरूमा बढ्ता जानकार बन्न चाहन्छौं । कसैको व्यक्तिगत मामला होला त्यस्तो कुरापनि हामी खोतलखातल पार्न चाहन्छौं । एकदिनको कुरा हो– एकजना साथीले मलाई प्रश्न गर्नुभयो “सर ! तपाईका बालबच्चा कति छन् ?” मैले सिधा जवाफ दिएँ “तपाईले कहिलेपनि कसैको निजी मामलामा प्रश्न नगर्नुहोला ।” मेरो जवाफले उहाँलाई ठूलो मर्का परेछ । मसंग कुरा गर्न छोडेर उहाँ उठेर जानुभयो । मेरो उत्तरले उहाँको मन साह्रै कुँडिए छ, अनि अरू केही साथीहरूसंग “पदम सरका दुईवटी श्रीमती छन् क्या हो ?” भन्नु भएछ ।
उहाँले भनेको कुरा मलाई कसैले सुनाउनु भयो । ती साथीलाई मेरा बाल बच्चा किन चाहिएको हो ? जुन कुरा उहाँलाई आवश्यक छैन त्यस्तो कुरामा किन चासो राख्ने ? भन्ने विचार गरें ।
तेस्रो दिन उहाँसंग बाटोमा जम्का भेट भयो । पहिले अभिवादन गरें । एक छिन समय भए बसोैं सर भने । उहाँ अलि अलमलमा पर्नुभयो । बस्ने कि नबस्ने ? म नजिक पुगेर हात मिलाएको वहानामा हात तानेर नजिकको विसौनीमा बसालें । अनि मेरा कुरा आरम्भ गरें – “सर ! मैले तपाईलाई कसैको व्यक्तिगत मामलामा चासो गर्नुहुँदैन भने तर तपाईको चित्त दुख्यो ।
तपाईंको चित्त दुःखेको पनि मलाई थाह छ । एकछिन मेरा कुरा सुन्नुस चित्त बझ्छ या बुझ्दैन पछि कुरा गरौंला ।” मैले भने “तपाईले जुन प्रश्न गर्नुभयो यसमा थप जवाफ के हो भने कसैका छोरा नहुन सक्छन् कसैका छोरी नहुन सक्छन् या कसैका छोरा छोरी नै नहुन सक्छन । अर्को कुरा छोरा छोरीले बाबु आमाप्रति दुव्र्यवहार गरेको हुन सक्छन् । त्यो बाबुले तपाईको प्रश्न सुनेपछि के महसुस गर्छ ? एक छिन गम्भिर भएर सोंच्नुस । हामी विना सोंच विचार प्याक्क किन बोल्ने ? मेरा छोरा दश भाइ भए तपाईलाई के भयो ? धेरै छन् भनेर तपाईले लेख पढ गराउने पनि होइन । अनि मेरा छोरा छोरी नभए मेरो मन के हुन्छ ? तपाईले मेरा छोरा छोरीको संख्या जानेर के फाईदाहुन्छ ? तपाईसंग जवाफ छ ?” उहाँको अनुहार रातो पिरो भयो ।
मैले उहाँको उत्तर खोजिन पुनः कुरा थपें – “अर्को कुरा तपाईले कसैलाई जमिन कति छ भन्नु हुन्छ अनि घर कत्रो छ ? भनेर प्रश्न गर्नु हुन्छ । यो सोध्न जरुरी छ ? कसैको जमिन धेरै भए वा थारै भए तपाईले गर्ने के हो ? उसको जमिन रहेनछ भने वा उसको घर रहेनछ कतै भाडामा बस्दो रहेछ भने उसको मनले के सोंच्छ ? अनि उसको दशवटा घर भए तपाइ के गर्नुहुन्छ ? घर नभएकालाई के गर्नु हुन्छ ? हो यस कारण सोध्न हुँदैन भनेको हो । मेरा दुईवटी श्रीमती छैनन् ।
तपाईले कस्तो अड्कल गर्नुभयो ? आफै अनावश्यक प्रश्न गर्नैै अनि आफै अनावश्यक अड्कल गर्नुृ हाम्रो चलन ठीक छ या वेठीक छ ? अव जवाफ दिनुपर्छ । आफूमा कमजोरी के छ ? त्यो थाहा पाएर पहिले आफू सच्चिनु पर्छ ।” आरम्भमा कुरा उठाउँदा आक्रोशित मुद्रामा देखिएका मित्र तत्काल पानी पानी हुनुभयो अनि भन्नुभयो– “आजसम्म हामी विना सोंच विचार वोल्दा रहेछौं, आज मेरो पुरै दिमाग धोइदिनु भयो । दिमाग शुद्ध भयो । आँखा खुले ।
मैले मेरो जीवनभर यस्ता कुरा कहिल्यै गर्नेछैन् ।” अरूलाई अर्ति दिने र अरूको व्यक्तिगत मामलामा अनावश्यक चासो राख्ने मात्र होइन आफू नसच्चिकन अरूलाई झ्याप्प सुझाव दिने स्वभाव पनि हामीसंग प्रसस्त छ । एउटा शिक्षकले धुम्रपान तथा मध्यपानबाट हानी हुन्छ । त्यो कुरा मज्जाले जानेको हुन्छ । विद्यार्थीलाई पढाउने समयमा नैतिकताको पाठ सिकाउँछ र भन्छ धुम्रपान र मध्यपान हानीकारक हुन्छ यो सेवान गर्नुृ हुँदैन ।
पाठक वृन्द ! यो कुरा कति सान्दर्भिक जस्तो लाग्छ ? जुन शिक्षक आफै धुमपान तथा मध्यपानमा लठिन्छ त्यो शिक्षकले हानी गर्छ सेवन गर्नु हुँदैन भन्नु कति सुहाउने कुरा हो ? यस्ता कोरा कुरा गर्नुअघि आफू सच्चिएर आउनुपर्छ । कक्षामा पढदै गर्दा एकदिन गुरुले उदाहरणको रूपमा भनेको कुरा अहिले पनि ताजै सम्झनामा छ । त्यो के भने उहाँले सुनाएको कहानी जस्ताको तस्तै राख्न चाहें – “एकजना किसानको बच्चाले निकै गुुड अर्थात भेली खाँदो रहेछ ।
किसानले एक दिन विचार गरे । यो बच्चाले अति गुड खान्छ । बच्चाले मैले सम्झाएको मान्ने छैन त्यसैले माहात्मा गान्धीको निवासमा लिएर जान्छु अनि उनैबाट गँुड नखा भन्न लगाउँछु । ठूला मानिसले भनेको यसले अवस्य पनि मान्ने छ । किसानले महात्मा गान्धीको निवासमा लिएर गए अनि गान्धीसंग सबै कथा व्यथा सुनाए । गान्धीले यो बावुलाई तिन महिना पछि लिएर आउनु भनेर पठाएछन् । किसान आश्चर्यमा परे । जावो त्यत्ति गुड नखा बावु भन्न तिन महिना किन कुर्नु पर्ने । यहाँहरूलाई त्यही कुरा लाग्न सक्छ । कुरा वेग्लै छ । तिन महिना पछि पुनः किसानले बच्चालाई गान्धीजीको निवासमा लिएर गए । बच्चालाई देख्ने वित्तिकै गान्धीले अंगालो मारे, अनि केही कुरा सोधपुछ गरे । त्यसपछि उसको पिठ मुसार्दै भने वावु गुड भनेको हानीकार चिज हो यो सेवन गर्नुहुँदैन । बच्चाले सहजै हस भनेर स्विकार ग¥यो ।”
“गान्धीको कुरा बुझ्न किसानलाई गाह्रो भयो । उनले गान्धीजीसंग भने एउटा जावो गुड नखा भनेर भन्ने किन तिन महिना ? गान्धीजीले भन्नुभयो ”त्यतिवेलासम्म म आफैले गुँड खुव खान्थे मैले विस्तारै कम गरेर अहिले छोडेको छु अनि बच्चालाई सम्झाएको हूँ । जुन कुरामा आफू सच्चिएको हुँदैन त्यसको अर्ति अरूलाई दिन सुहाउँदैन ।” गान्धीजीको जवाफले किसानको चित्त बुझेहोला । उनी फिर्ता भए । पाठक वृन्द ! गान्धीजीले उसैदिन किसानको बच्चालाई शिक्षा दिएर पठाएर आफूले विस्तारै छोडेको भए पनि हुने थियो । उनले किन तिन महिन पर्खाए ? हो कुरा को चुरो यहीँनेर छ ।
वर्तमान सरकार र सम्वद्ध दलका नेता कार्यकर्ताले आजभोली ३५ वर्षको हिसाव खोजेको सुन्न पाइन्छ । एमालेको नौ महिने कार्यकाललाई स्वर्णयुग भन्ने गरिन्छ । एमालेले छ महिनामा गरे जति काम यो सरकारले यतिविधि ठूलो बहुमत भएर पनि के गर्न सकेको छ ? जुन कुरामा अफू सक्षम छैन किन अरूलाई उपदेश बाँडन चाहिरहेका छन् ।
नागरिक आज यही हिसाब जान्न चाहन्छन् । पहिले आफू सच्चिने अनि अरूसंग हिसाब खोज्ने गर्नुपर्छ । सबैभन्दा उपयूक्त पनि यही हो । चेतना भया ।