© 2026
दोहा (कतार) ।
कतारमा रहेका नेपाली महिलाहरुलाई लक्षित गर्दै स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारको आयोजना तथा नासिम सर्जिकल मेडिकल सेन्टरको सहकार्यमा सचेतना कार्यक्रम हुने भएको हो ।
‘समयमै सचेतना, नियमित जाँच र आत्मविश्वासपूर्ण सहयोग मार्फत स्तन स्वास्थ्यबारे महत्वपूर्ण जानकारी फैलाऔँ’ भन्ने सन्देश सहित आयोजना हुन लागेको कार्यक्रममा स्तन क्यान्सरका जोखिम, समयमै सचेत हुने उपाय तथा स्तन स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी प्रदान गरिने एनआरएनए एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले जानकारी दिएका छन् । कतारमा रहेका नेपाली दिदीबहिनीहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत हुँदै कार्यक्रममा सहभागी भएर स्तन स्वास्थ्यसम्बन्धी महत्वपूर्ण जानकारी लिन पन्थीले आग्रह समेत गरेका छन् ।
कार्यक्रममा स्तन क्यान्सर सम्बन्धि प्रशिक्षण सगैं यसको लक्षण देखिएमा अपनाउनु पर्ने सावधानी,नियमित स्वास्थ परिक्षणको आवश्यकता तथा क्यान्सरको जोखिम तथा न्यूनीकरणका उपायबारे जानकारी र परामर्श गरिने र सचेतनाले कार्यक्रमले स्वास्थ्यसम्बन्धी समस्या पहिचान तथा आवश्यक कदम चाल्न सहयोग पुग्ने भएकाले कार्यक्रमलाई उपयोगी अवसरका रूपमा लिन सकिने बताईएको छ । सचेतना कार्यक्रममा सहभागी हुन वा दर्ता गर्नका लागी एनआरएनए एनसिसी कतारका महासचिव शिव भुजेलको मोबाईल नम्बर ९७४६६४६२३०३ मा सम्पर्क गर्न सकिने नेपाली संघले जनाएको छ । आगामी शुक्रबार ९ अक्टोबर २०२६ का दिन बिहान ८ : ३० देखि १०:३० सम्मको कार्यतालिका रहेको कार्यक्रम नासिम मेडिकल सेन्टरको पहिलो तलामा सञ्चालन हुने छ ।