Butwal Today

कांग्रेस महाधिवेशनमा ओली नजाने, प्रचण्ड जाने

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।

अध्यक्ष ओलीको सट्टा महाधिवेशनमा शुभकामना दिन एमाले महासचिव शंकर पोखरेल सहभागी हुने तय भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज आइतबार दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ ।

यसैबीच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उद्घाटन समारोहमा सहभागी हुने भएका छन् । प्रचण्डको सचिवालयका अनुसार कुनै आकस्मिक परिस्थिति उत्पन्न नभए उनी महाधिवेशनमा सहभागी हुनेछन् ।

कांग्रेसले महाधिवेशनमा शुभकामना दिन अधिकांश राजनीतिक दलका नेताहरूलाई निम्तो दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?