Butwal Today

रसुवा बाढीपीडितका लागि नेपालगन्जमा विशेष सांस्कृतिक कार्यक्रम हुँदै

१७ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

बाँके ।

रसुवा बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले नेपालगन्जमा विशेष ‘सांस्कृतिक कार्यक्रम–२०८३’ आयोजना हुने भएको छ । संगीत, नृत्य तथा मनोरञ्जनका माध्यमबाट विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

आयोजक जव ग्यालेरी प्रा.लि., नेपालगन्जका अनुसार कार्यक्रम आगामी ८८असोज १७ गते नेपालगन्ज उपमहानगरपालिका–१ स्थित विशाल चोकनजिकै रहेको एन्फा फुटबल मैदानमा हुनेछ । कार्यक्रम साँझ ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा नेपाली सांगीतिक तथा मनोरञ्जन क्षेत्रमा सक्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । गायक तथा उद्घोषक अनुप मगर र चर्चित गायक विजय चौधरी लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् । त्यस्तै, चर्चित डान्सर गंगु क्षेत्री, जोया दहित, आकृति र पूर्णिमा लगायतका कलाकारले नृत्य प्रस्तुत गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा मोडल शोभित चौधरी तथा उद्घोषक हरि थापा लगायतको समेत सहभागिता रहनेछ ।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य मनोरञ्जन प्रदान गर्नु मात्रै नभई विपद्मा परेका रसुवाका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग र मानवीय सेवाको भावना अभिवृद्धि गर्नु हो । सांस्कृतिक कार्यक्रमबाट संकलन हुने सहयोग रसुवा बाढीपीडितका लागि उपलब्ध गराउने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको छ । आयोजकले नेपालगन्ज तथा आसपासका क्षेत्रका नागरिकलाई कार्यक्रममा सहभागी भई सांस्कृतिक मनोरञ्जनसँगै रसुवा बाढीपीडितलाई सहयोग गर्न आग्रह गरेको छ । सामाजिक उत्तरदायित्वसँग जोडेर आयोजना गर्न लागिएको कार्यक्रमले विपद्मा परेका नागरिकलाई सहयोग पु¥याउनुका साथै स्थानीय स्तरमा मानवीय सहयोगको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?